अञ्जिलाले युरोपियन लिग खेल्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४ र ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ।

अञ्जिला पहिलो एसिया बाहिर खेल्न लागेकी हुन्। अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु,’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिए। अहिले त्यो पूरा हुने भएको छ। लिग खेल्ने उत्साहित छु।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन्। अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् । इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।

निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौं स्थानमा थियो। यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad