पहिलो पटक ‘मिसेज लुम्बिनी प्रदेश-२०२४’ प्रतियोगिता हुदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग १६ भदौ । महिला सशक्तिकरणका लागि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता गर्ने भएको छ ।

क्लबले आइतबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १५ गते भैरहवामा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय मिसेज लुम्बिनी प्रदेश प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको हो ।
प्रतियोगिताबाट बचेको रकमबाट छात्रा शिक्षामा र आईसीयू जडित एम्बुलेन्स खरिद गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष ओम जैसीले बताए ।

‘यो प्रतियोगिताबाट विभिन्न प्रतिभा भएर पनि विवाहपश्चात् घरको कार्य व्यस्तताले उजागर गर्ने मौका नपाएका सर्वसाधारण महिलाका लागि अवसर पनि हुने छ,’ जैसीले भने, ‘महिला सशक्तिकरण यो प्रतियोगिताको अर्को पाटो हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिताका लागि सहभागी हुन चाहने महिलाका लागि भदौ १७ गतेदेखि नै फारम वितरण गरी कात्तिक १ गतेदेखि सहभागिका लागि रुपन्देही र दाङ जिल्लामा अडिसन राउन्ड संचालन गरिने छ । अडिसन राउन्डबाट छनौट भएका महिलाका लागि कात्तिक २३ देखि मंसिर ८ गतेसम्म क्लोज क्याम्प संचालन गरी विभिन्न विधामा तालिम दिइने छ ।

प्रतियोगितामा २० वर्ष उमेर पुगेका र लुम्बिनी प्रदेशभित्र बसोवास गरेका महिलामात्र सहभागी हुन पाउने छन् । प्रतियोगितामा लुम्बिनीका १२ जिल्लाबाट कम्तीमा ६० जना महिलाको प्रतिस्पर्धा रहने र २३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिताकी कार्यक्रम संयोजक देवी गुरुङले सहभागी महिलाको आफ्नो परिचय प्रस्तुतिदेखि प्रतिभा र बौद्धिकतालाई छनौटको आधार मानिने बताइन् । ‘छनौट मूल्याकंनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जजको निर्णय र भ्युअर्स भोटिङको पनि आधार मानिने छ,’ गुरुङले भनिन् । कान्तिपुरबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad