दाङमा कलाकारका परिवारलाई पढाईमा छुट दिईने


दाङ्ग, १६ भदौ । दाङमा आर्थिक अवस्था कमजोर भएका लोकदोहोरी कलाकार एवं कलाकारका परिवारलाई अध्ययन गर्न ५० प्रतिशतसम्म छुटदिने विषयमा सहमति भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही १८ पुलचोकमा रहेको ग्यालेक्सी एकेडेमी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङबीच आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारलाई कक्षा १२ सम्म अध्ययनमा छुट दिने विषयमा सात बुँदे सहमति भएको छ ।

ग्यालेक्सी एकेडेमीका तर्फबाट प्रिन्सिपल गोपाल प्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बुढाथोकी र प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई एकेडेमीले आर्थिक अवस्था हेरेर ५० प्रतिशतसम्म छुट दिने र ४ जनालाई निःशुल्क भर्ना दिने व्यवस्था गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि विद्यालयको सहयोग रहने बताउनुभयो । कम्जोर आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्न अप्ठ्यारोमा परेका विद्यार्थीलाई सहमतिपत्रका आधारमा सहयोग रहने उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी प्रतिष्ठान दाङका अध्यक्ष दाहालले एकेडेमीले कलाकारका लागि सकारात्मक सोचिदिएकोमा हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad