बबईको पानी लिफ्टिङ: घोराहीमा द्रुत, तुलसीपुरको काम सुस्त

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ । दाङमा सञ्चालन हुन थालेको एक अर्ब बढीको बबई लिफ्टिङको काम घोराहीमा धमाधम भइरहेको छ भने तुलसीपुरमा सुस्ताएको छ ।

घोराही र तुलसीपुरमा टंकी बनाउनेदेखि पाइपलाइनसम्मको काम भइरहेकोमा घोराहीको प्रगति राम्रो देखिएको छ भने तुलसीपुरमा काम सुस्त भएको खानेपानी आयोजनाले जानकारी दिएका छन् । बबईबाट दैनिक कम्तिमा दुई करोड लिटर पानी लिफ्टिङ गरी उपभोक्तामाझ पु¥याउने गरी थालिएको योजनाको अन्तिम म्याद २०८२ असार मसान्त छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले घोराहीमा र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तुलसीपुरमा बबईको पानी लिफ्टिङ गरेर उपभोक्ता माझ पु¥याउन काम गरिरहेका छन् । घोराही क्षेत्रमा कम्तिमा एक सय २० लिटर प्रतिसेकेन्ड अर्थात करिब एक करोड लिटर र तुलसीपुर क्षेत्रमा पनि त्यसकै हाराहारीमा पानी दैनिकरुपमा संकलन गर्ने लक्ष्य अनुरुप आयोजना शुरु भएको हो । जसका लागि घोराहीमा दुईवटा सम्पवेल अर्थात ठूलो कुवा बन्दैछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाँचवटा डिपबोरिङ, पानी संकलन गर्ने टंकी आरभिटी तीनवटा, ओभरहेड टंकी एउटा बनिरहेका छन् । घोराही–७ शुक्रवारमा एक सय ५० मिटर तल गाडिएका तीनवटा बोरिङबाट प्रतिसेकेन्ड २३ लिटर पानी आइरहेकोे छ । उक्त बोरिङको पानी प्रेसर फिल्टरमा छानिएपछि रिजर्ववयर टंकी, ओभरहेड टंकी हुँदै धारामा पठाइनेछ । पाइपलाइनमार्फत शुक्रवारमा रहेको छ लाख लिटर क्षमताको रिजर्ववयर टंकीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको टंकी र झिँगौराको रिजर्ववयर टंकीमा जानेछ । त्यहाँबाट गुलरियाको ओभरहेड टंकी, घोराही–१४ शिव मन्दिरनेरको ओभरहेड टंकी र घोराही–१५ मा रहेको अद्वेत संस्था नजिक रहेको ओभरहेड टंकी, घोराही–१८ ढोडेनीको रिजर्ववयर टंकी र निर्माणाधीन झिँगौराको ओभरहेड टंकीमा जम्मा भएर वितरण हुने आयोजनाले जनाएको छ । आयोजना शुरु भएपछि घोराही–१४ र १५ मा चार हजार भन्दा बढी नयाँ धारा पनि वितरण हुनेछ ।

उता बबई लिफ्टिङ आयोजनाअन्तर्गत तुलसीपुरमा पनि तीनवटा सम्पवेल, त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान्ट र टंकी बन्ने ठाउँमा छवटा मल्टिग्रेड प्रेसर फिल्टर बन्नेछन् । आयोजनाले तीनवटा ओभरहेड टंकी निर्माण गर्नेछ । शिखर कोलेनीमा चार सय ५० घनमिटर, मोतीपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० घनमिटर ओभरहेड टंकी पनि निर्माण गरिनेछ भने डुम्रिगाउँमा छ सय घनमिटर, चार सय घन मिटरको खर्चवामा र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर क्षमताको अन्डरग्राउन्ड टंकी निर्माण गरिनेछ । त्यसैगरी शीतलपुरमा पाँच सय घनमिटरको आरभिटी कलेक्सन चेम्बर, दुई स्थानमा तीन सय घनमिटरको इन्टरमिडिएट आरभिटी टंकी र छवटा डिपबोरिङ बन्नेछन् । आयोजनामा प्रसारण पाइपलाइन २८ दशमलव तीन सय १५ किलोमिटर र पानी वितरण पाइप एक सय २५ दशमलव सात सय ५२ किलोमिटर हुने बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भौतिक संरचना दुई हजार तीन सय ३५ घनमिटर पानी अट्ने क्षमताको छ । प्रतिसेकेन्ड एक सय ३० लिटर पानी सञ्चय गरिने र प्रतिदिन ६० लाख लिटर पानी वितरण गर्ने गरेको संस्थाले जानकारी दिएको छ । उता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ११ हजार बढी धारा जडान गरेको जनाएको छ भने दैनिक एक करोड लिटर पानी संकलन र वितरण गर्दै आएको छ । बबई लिफ्टिङको आयोजनापश्चात कम्तिमा थप दैनिक एक करोड लिटर पानी संकलन हुनेछ । त्यो पानी तुलसीपुरमा आएपछि १५ वर्ष पानीको समस्या तुलसीपुरमा नहुने संस्थाका सचिव सेवकराम भण्डारीले बताउनुभयो ।

घोराहीमा दु्रत गतिमा काम

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा बबई लिफ्टिङको भौतिक प्रगति ७४ प्रतिशत भएको ठेक्का हेरिरहनुभएका प्राविधिक विष्णु कुमाईले जानकारी दिनुभयो । उहाँका अनुसार वित्तीय प्रगति साढे ७४ प्रतिशत भएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि भिमेश्वर ड्रिलिङ कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । २०८२ असार मसान्तसम्म सक्ने गरी ४९ करोड ८५ लाख ४९ हजार छ सय ७५ रुपैयाँ ५१ पैसामा भएको ठेक्काको काम दु्रत गतिमा अगाडि बढेको देखिएको छ । ठेक्का अवधि अगावै काम सकेर हस्तान्तरण गर्ने गरी धमाधम काम गरिरहेको कुमाईले बताउनुभयो ।

कम्तिमा एक सय २० लिटर प्रतिसेकेन्ड अर्थात करिब एक करोड लिटर पानी दैनिक रुपमा घोराही क्षेत्रमा भिœयाउने लक्ष्य अनुरुप आयोजनाको काम भइरहेको छ । आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका–१४ झिंगौरामा बन्दै गरेको चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड टंकीको भौतिक प्रगति ९० प्रतिशत भन्दा बढी भइसकेको छ । ओभर हेड टंकीको नजिकै बन्दै गरेको तीन लाख लिटरको रिजर्ववयर टंकीको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । अर्को दुई लाख लिटर क्षमताको रिजर्ववयर टंकी पनि सोही ठाउँमा बनाइँदै छ । त्यसैगरी  घोराही–७ शुक्रवारबाट आएको पानी संकलन गर्न झिँगौरा टोलमा तीन लाख लिटर क्षमताको रिजर्ववयर टंकी बनाइनेछ । घोराही–७ शुक्रवारमा छ लाख लिटर क्षमताको फिल्टरसहितको एउटा रिजर्ववयर टंकीे निर्माण भइसकेको छ भने घोराही–७ बेसाहीमा पनि तीन लाख लिटर क्षमताको रिजर्ववयर टंकीको निर्माण पूरा भएको आयोजनाले जनाएको छ । आयोजनामा शुक्रवारमा पाँच वटा बोरिङमार्फत पानी जमिन मुनिबाट निकालेर सप्लाई गर्नेमा चारवटाको निर्माण पूरा भई एउटा बोरिङको काम बाँकी रहेको छ भने दुईवटा सम्पवयरको काम बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाइपलाइनतर्फ जम्मा २४ हजार मिटरमा करिब १९ हजार मिटर बिछ्याउने काम पूरा भएको आयोजनाले जनाएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठका अनुसार घोराही–७ शुक्रवारमा बालुवा छान्ने ‘¥यापिड स्याण्ड फिल्टर’ टंकी निर्माण कार्य पनि अन्तिम चारणमा रहेको छ । २४ दशमलव चार सय ९८ किलोमिटरमा चार सय एमएमको डिआइ ट्रान्समिसन पाइपलाइनको काम भइरहेको छ भने २८ दशमलव दुई किलोमिटर पाइपलाइन पानी वितरण हुने टंकीमा जान बिछ्याइँदैछ । आयोजनाका लागि नेपाल सरकारले जम्मा रकमको ७० प्रतिशतले हुन आउने ३४ करोड ८९ लाख ८४ हजार तीन सय रुपैयाँ अनुदान दिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भएपछि ३५ देखि ४० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्तामाझ पु¥याउन सकिने दाबी संस्थाका अध्यक्ष देवीबहादुर डिसीको छ । भविष्य सोचेर बनाएको योजना भएकोले नयाँ १२ हजार घरधुरी घोराहीमा थपिदासम्म धान्न सकिने उहाँ बताउनुहुन्छ । ‘अहिलेलाई त पानी पुगेकै छ भविष्य सोचेर ल्याएको योजना हो’– उहाँले भन्नुभयो– ‘यो आयोजना पूरा भएपछि १२ हजार नयाँ घरधुरी थपिदासम्म पनि पानी पुग्छ ।’

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अहिले पानी तान्ने मोटर २० वटा छन् । घोराही–१८ ढोडनीमा आठ लाख लिटर क्षमताको, फु्र्सेखालीमा २५÷२५ हजार लिटरका दुईवटा र एक लाख लिटर क्षमताको एउटा, मसिनामा ६० हजार लिटर क्षमता र ५० हजार लिटर क्षमताका दुईवटा रिजर्ववयर टंकी रहेका छन् । ओभरहेड टंकी तीनवटा छन् जसमा चार लाख ५० हजार लिटर क्षमताको गुलरियाको ओभरहेड टंकी, घोराही–१४ शिव मन्दिरनेरको तीन लाख लिटर क्षमताको र घोराही–१५ मा रहेको अद्वेत संस्था नजिक रहेको चार लाख ५० हजार लिटर क्षमता रहेको ओभरहेड टंकी सञ्चालनमा छन् । धारा झण्डै नौ हजार वितरण गरेको घोराही खानेपानीले आठ हजार भन्दा बढी व्यक्तिगत धारा मात्रै वितरण गरेको जनाएको छ । अहिले साँझ र बिहान गरेर ६० लाख लिटर पानी वितरण भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरको काम सुस्त

बबई लिफ्टिङ आयोजना अन्तर्गत तुलसीपुरमा भइरहेको काम भने सुस्त भएको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ४५ प्रतिशत मात्रै पूरा भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । घोराहीको जस्तै नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा तुलसीपुरमा पनि खानेपानी आयोजनाको काम भइरहेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि धिनेश्वर ड्रिल एण्ड निर्माण सेवा प्रालिसँग २०७९ असारमा ठेक्का सम्झौता गरेको थियो । २०८२ असार मसान्तसम्म सक्ने गरी ५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँमा खरिद सम्झौता भएको काम अहिले निर्माण व्यवसायीका कारण सुस्त भएको बताइएको छ । उक्त ठेक्कामा सरकारको ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ रुपैयाँ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ छ । उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको हो ।

नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले वर्षातमा काम नभएको बताउनुभयो । उहाँले खेतीपातीको सिजनमा कामदार अभाव भएर पनि काम रोकिएको जानकारी दिनुभयो । भदौ १५ गतेदेखि पुनः काम सुचारु हुने भण्डारीको भनाइ छ । आयोजनाअन्तर्गत तुलसीपुरमा टंकी बनाउनेदेखि पाइप बिछ्याउने काम जारी छ । बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको पानीका लागि मुख्य लाइनको पाइप विस्तार शीतलापुरबाट एयरपोर्टसम्म पुगेको र बसपार्क एरियामा पाइपलाइनको काम ६० प्रतिशत पूरा भएको भण्डारीले जानकारी दिनुभयो । तुलसीपुरको आयोजनाअन्तर्गत बबईको पानी शुरुमा टरिगाउँ एयरपोर्टस्थित टंकी र तत्कालीन अञ्चल प्रहरी कार्यालय नजिकको टंकीमा ल्याइनेछ । त्यसपछि अन्य सहायक टंकीमा पानी वितरण हुने संस्थाले जनाएको छ । खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव भण्डारीका अनुसार अण्डरग्राउण्ड टंकी सल्यान रोडस्थित खानेपानी कार्यालय परिसरमा, तुलसीपुर– ६ निरंकारी र १२ नम्बर वडाको कचिलामा निर्माण पुरा भइसकेको छ । कचिलामै ट्रिटमेन्ट प्लान्ट बन्दैछ भने एउटा बोरिङ तयार भइसकेको छ । कबर्डहल र शिखर कोलनीमा भइरहेको टंकी निर्माणको काम ८० प्रतिशत पुरा भइसकेको छ । खानेपानी आयोजनाको नाममा कचिलामा रहेको १० कट्ठा जग्गामा सम्पवेलको एउटा काम पूरा भयो भने दुई वटा हुने क्रममा छ ।नयाँ युगबोध दैनिकबाट