रोल्पामा पनि फैलियो हैजा, संक्रमितको संख्या ७५ पुग्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ । यो वर्ष (सन् २०२४) को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको  छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ  ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले  जनाएको  छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संक्रमित हुनेमा ३५ जना महिला र ४० पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्धारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी,अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad