अम्विकेश्वरी मन्दिरको विकासका लागि प्रचारप्रसार र पूर्वाधार आवश्यक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ । घोराही उपमहानगरपालिका १८ मा रहेको अम्विकेश्वरी मन्दिरको विकासका लागि प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने सहभागीले जोड दिएका छन् । मन्दिर संरक्षण तथा संवर्धन समितिले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीले जिल्लाको प्रसिद्ध धार्मिक क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारसँगै प्रचारप्रसार र धार्मिक गतिविधि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सहभागीले अम्विकेश्वरी मन्दिरलाई जिल्लाका अन्य धार्मिक एवम् पर्यटकीय क्षेत्रसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि वर्तमान कार्यसमितिलाई योजना बनाएर अघि बढ्न सुझाव दिएका थिए । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको सहभागीले जोड दिएका थिए । अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले मन्दिरको विकासका लागि पहिले वार्षिक कार्ययोजना तयार गर्नु पर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

व्यवस्थापन पक्षलाई बलियो बनाउँदै मन्दिरको धार्मिक महत्वलाई ध्यानमा राखेर आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने बताए । जिल्लाको महत्वपूर्ण धार्मिक विश्वास बोकेको क्षेत्र अम्विकेश्वरी रहेको भन्दै उनले प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने गरी संरचना र पार्कको विकास गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् प्राडा शिवकुमार सुवेदीले अम्विकेश्वरी मन्दिर जिल्लाको सबैभन्दा ठुलो ऐतिहासिक सम्पदा एवम् शक्तिपीठका रूपमा रहे पनि महत्व अनुसार चर्चामा रहन नसकेको बताए । प्रचारप्रसारको कमीसँगै आर्थिक अभावका कारण अम्विकेश्वरी पछि परेको भन्दै त्यसको विकासका लागिे डकुमेन्ट्री तयार गर्दै प्रचारप्रसारमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा सामाजिक व्यक्तित्व कासीनाथ पोख्रेलले अम्विकेश्वरी मन्दिर क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै पार्किङको व्यवस्था अहिलेको आवश्यकता देखिएको भन्दै त्यसतर्फ वर्तमान कार्यसमितिले ध्यान दिनु पर्ने बताए । टाढाबाट आउने तीर्थालुका लागि मन्दिरमा धर्मशालाको व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले मन्दिरको प्रचारप्रसारका लागि वेवसाइट बनाउन सकिने बताए । समय अनुसार प्रचारप्रसार आवश्यक रहेको भन्दै उनले प्रविधिको समयमा डिजिटल प्रचारप्रसार आवश्यक रहेको बताए । त्यसका लागि सञ्चार मिडिया, वेवसाइटदेखि फेसबुक पेजलगायतका सामाजिक सञ्जाल उपयोगग गर्न सकिने बताए । कार्यक्रममा स्वतन्त्रता सेनानी पत्रकार सुशील गौतमले मन्दिरको महत्व अनुसार प्रचारप्रसारसँगै आवश्यक संरचनामा ध्यान दिनु पर्ने बताए । मन्दिरको विकासका लागि जिल्लाका अन्य धार्मिक स्थथलसँग जोडेर यसको विकासका लागि धार्मिक गतिविधिमा ध्यान दिनु पर्ने बताए ।

गोरक्ष रत्ननाथ चौघेराका महन्त योगी सुरतनाथले प्रशिद्ध मन्दिरका रूपमा रहेको अम्विकेश्वरीको विकासका लागि जिल्लाका धार्मिकस्थलसँगै प्युठानको स्वर्गद्वारी मन्दिरसँग जोडेर विकास गर्न सुझाव दिए । प्युठानको स्वर्गद्वारी घोराहीकै बाटो भएर भारतका धेरै तीथालु जाने गरेको भन्दै उनीहरूलाई अम्विकेश्वरी पस्ने बाटो बनाउन सके प्रचारप्रसारमा सहयोग पुग्ने बताए । पुष्पप्रकाश ज्ञवालीले पूजा व्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै दसैँको समयमा धार्मिक एवम् सस्कृतिसँग जोडिएका सराय नाचलगायतका अन्य सस्ंकृतिलाई पनि प्राथमिकता दिनु पर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिरिडी साइ मन्दिरका अध्यक्ष रमेश राजभण्डारी र शिवकुमार आचार्यले प्रचारप्रसारको अभावमा धार्मिक एवम् ऐतिहासिक मन्दिरपछि परेको बताएका थिए । उनीहरूले राजनीतिभन्दा माथि उठेर घोराही बजारको नजिकै रहेको मन्दिर क्षेत्रको विकासमा लाग्नु पर्ने बताएका थिए । नागरिक समाज दाङका निवर्तमान जिल्ला संयोजक चन्द्रराज पन्तले मन्दिरका लागि आवश्यक संरचना विकाससँगै प्रचारप्रसारका माध्यमबाट मन्दिरको महत्वलाई बुझाउन आवश्यक रहेको बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधवप्रसाद शर्माले चाडपर्वको समयमा हुने भिडभाडलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताएका थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोमा महराले मन्दिरमा धार्मिक कार्य बढाउँदै लैजानु पर्ने बताइन् । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी थिइन् । यसैगरी महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री संरचना निर्माणमा पनि ध्यान दिनु पर्ने बताएकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले सहभागीका सुझावलाई आवश्यकता अनुसार कार्यान्वयन गर्दै मन्दिरको विकास र प्रचारप्रसारमा ध्यान दिने बताएका थिए । समितिका उपाध्यक्ष श्रीधर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई महिला उपाध्यक्ष निरजा पोख्रेलले धन्यावाद दिएकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव दामोदर भुसालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad