तुलसीपुरमा भोली ८ घण्टा विद्युत् नआउने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ भदौ । तुलसीपुरमा भोली शनिवार ८ घण्टा विद्युत सेवा अबरुद्ध हुने भएको छ । तुलसीपुर वितरण केन्द्र अन्तरगत फुलबारी  फिडरको तुलसीपुर-१२ चेतना नगर टोलमा सडक बीचमा रहेका पोलहरू सार्नुपर्ने र फिडर वरिपरिका रुख तथा हाँगाबिगा तथा काट्नुपर्ने भएकाले  विद्युत सेवा अवरुद्ध हुने भएको तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले फुलबारी फिडर अन्तरगत तुलसीपुर राप्ती बबई क्याम्पस, शितलपुर र फुलबारी लगाएतका क्षेत्रमा भोली शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाईन अबरुद्ध हुने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad