घोराही खानेपानीको बबई लिफ्टिङ आयोजनाको ७४ प्रतिशत काम पुरा

Blog Post Ad Blog Post Ad Blog Post Ad

चन्द्रप्रकाश नेपाली

दाङ, १४ भदौ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्माण कार्य थालेको बबई लिफ्टिङ आयोजनाको काम अहिले सम्म ७४ प्रतिशत पुरा भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०८२ असार मसान्तसम्म काम सक्ने गरी निर्माणको जिम्मा पाएको भिमेस्वर ड्रिलिङ्ग तथा निर्माण सेवाले अहिले सम्म आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत र वित्तिय प्रगति ७४ दशमलव ४५ प्रतिशत भएको जनाएको छ ।

संस्थाका अध्यक्ष देवीबहादुर डिसीको नेतृत्वमा आज बबई लिफ्टिङ आयोजनाका सरोकारवालाहरुले निर्माणाधीन आयोजनाको अनुगमन गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टोलीले ववई लिफ्टिङ अन्तर्गतका घोराही ७ शुक्रवारमा निर्माण गरिएका मोटर विनै पानी निस्किने अवस्थाका ४ वटा बोरिङ, शुक्रवारकै गुरुकुल संस्कृत विद्यालय नजिक निर्माण गरिएको ६ लाख लिटरको टंकी, पानी प्रशोधन केन्द्र, झिगौरामा निर्माण कार्य जारी रहेको ४ लाख लिटरको ओभरहेड टंकी, मनकामना सामुदायिक वन छेउमा ३र३ लाख लिटरको आरबिटि टंकी निर्माण गरिने सार्वजनिक जमिन, त्यस्तै बेसाई नजिकै रहेको रावतगाउँको जग्गामा निर्माण गरिएको ३ लाख लिटरको आरबिटीको अवस्था अवलोकन गरिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत भएकोमा अहिले सम्म संरचना निर्माण गर्ने काम अन्तरगत ८५ प्रतिशत काम सकिएको छ भने पाईपलाईनको काम ३६ प्रतिशत मात्रै पुरा भएको भिमेस्वर ड्रिलिङ्ग तथा निर्माण सेवाका प्रतिनिधी विष्णु कुमाईले जानकारी दिनुभयो । घोराही १४ को मनकामना सामुदायिक वन छेउमा ३ लाख लिटरको आरबिटि टंकी निर्माण गर्ने काम बाकी रहेको छ । अन्य स्थानमा टंकी निर्माणको काम भएपनि त्यसको रंङरोगन, सुरक्षाको लागि कम्पाउन्ड वाल निर्माण, विद्युतको जडान तथा व्यवस्थापनको काम बाकी रहेको संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

३६ प्रतिशत मात्रै सकिएको पाईपलाईनको काम अन्तरगत १ किलोमिटरमा मात्रै पाईप विछाईएको छ । २८ किलोमिटरमा पाईपलाईनको काम गर्नुपर्ने भएपनि अहिले सम्म १ किलोमिटरमा मात्रै पाईप विस्तार गरिएको छ । जसअन्तरगत उपभोक्ताको घरसम्म पानी पुुराउनका लागि वडा नंम्वर १४ भित्र ७ किलोमिटर र वडा नंम्वर १५ भित्र २१ किलोमिटर पाईपलाईनको काम गर्नुपर्ने निर्माण व्यवसायीको भनाई छ । यस्तै घोराही ७ को शुक्रवारदेखी झिंगौरासम्म १६ ईन्चको पाईप बिछ्याउने काम भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोजनालाई छिटो छरितो सम्पन्न गर्न समितिले विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, खानेपानी आयोजनाका पदाधिकारी तथा सल्लाहकारहरु, जिल्ला खानेपानी डिभिजन कार्यालय, घोराही उपमहानगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको सभागितामा अनुगमन गरेको हो । अनुगमनमा जानुपुर्व संस्थाको हलमा सरोकारवालाको उपस्थितीमा सर्वदलिय बैठक सम्पन्न गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका अध्यक्ष डिसीको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बैठक तथा अनुगमन सम्पन्न गरिएको हो । जसमा राजनितिक दलतर्फ नेपाली कांग्रेसका भुपबहादुर डाँगी, काग्रेस क्षेत्र नंम्वर २ का सभापति भिमप्रकाश खड्का, पार्टीका तर्फबाट नेकपा एमालेका विवेक श्रेष्ठ, माओवादी केन्द्रका विश्वराज आचार्य, एकिकृत समाजवादी पार्टिका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जनप्रतिनिधीतर्फ घोराही ७ का वडा अध्यक्ष खोपीराम चौधरी, वडा नंम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डे, १४ का सदस्य मोहन श्रेष्ठ, नागरिक समाज दाङका हरिप्रसाद पाण्डे, पत्रकार, संस्थाका पदाधिकारीहरु, संस्थाका सल्लाहकार माधवप्रसाद शर्मा लगाएतको उपस्थिती रहेको थियो । बैठकमा संस्थाका कोषाध्यक्ष धु्रब केसीले आयोजनाका साथै संस्थागत कामको वित्तिय प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । बैठकको सहजिकरण संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।