नमस्ते बबई बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ भदौ । नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था लिमिडेडले आफ्नो २४ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको अध्यक्षता तथा सहकारी दर्ता अधिकारी कार्यालय लुम्बिनी प्रदेशका सहकारी दर्ता अधिकारी मधुकृष्ण पौड्यालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको थियो ।

संस्थाका उपाध्यक्ष विक्रम कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव ईन्द्रबहादुर बुढाथोकीले आगमी वर्षका लागि संस्थाको प्रस्तावित वार्षिक निति तथा कार्यक्रमका साथै सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाका कोषाध्यक्ष रोवरबहादुर रावतले वित्तिय लक्ष्य र बजेटको बारेमा जानकारी दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै कार्यक्रममा नेप्स्कुन दाङका प्रबन्धक विष्णुदत्त जोशी, राष्ट्रिय सहकारी वैंक प्रवन्धक डिल्लीराज दहाल, जिल्ला सहकारी संघका लेखा संयोजक होमलाल भुषाल, दाङ जिल्ला वचत संघका विमल अधिकारीलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ७ जना उत्कृष्ट सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

यसैविच संस्थाको अध्यक्षमा सुनिलकुमार रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । घोराहीमा आज सम्पन्न भएको संस्थाको २४ औँ साधारण सभा तथा अधिवेशनबाट रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसको वरिष्ठ उपाध्यक्षमा कोमलबहादुर बस्नेत, उपाध्यक्षमा गोमा अधिकारी, सचिवमा ईन्द्रबहादुर बुढाथोकी र कोषाध्यक्षमा रावरबहादुर रावतलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा कमलकुमार शर्मा, मदनकुमार आचार्य, दिनेश आचार्य, विनोदकुमार केसी, शिला बस्नेत र ईश्वरा रावतलाई चयन गरिएको छ । यस्तै विक्रम कुवरको संयोजक रहेको तिन सदस्य लेखा समिती गठन गरिएको छ । जसको सदस्यहरुमा शंकर शर्मा र श्यामकुमार गिरी रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad