लागु औषध ९०० पिस ट्रामाडोलसहित नेपालगंज जमुनाहबाट नेपाली पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषधसहित एक जना पक्राउ परेका छन ।

जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत घर भएका हाल बैजनाथ गाउँपालिका २ डिगिया बस्दै आएका ३४ वर्षिय नेपालीलाई लागु औषध सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भारतीय बजार रुपैडिहाबाट नेपालगंज तर्फ पैदल आउँदै गरेका नेपालीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ठुलो मात्रामा ट्रामाडोल फेला परेको प्रहरीको भनाई छ । पक्राउ परेका नेपालीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad