जब टुँडिखेलमा ओली र देउवा मिलेर ठोके दमाहा‍…

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रूपमा दमाहा बजाएका छन् ।

गौरा पर्वको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवाले संयुक्तरूपमा दमाहा बजाएका हुन् । गौरा पर्वमा नाच्ने क्रममा दमाहा बजाउने चलन छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौंमा बस्ने सुदूरपश्चिम क्षेत्रका नागरिकको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाइएको हो ।

कार्यक्रममा पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, एमाले सचिव लेखराज भट्ट, नेता भीम रावललगायत सहभागी थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय कांग्रेस र एमालेले मिलेर सरकार चलाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad