चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ भदौ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको सम्पन्न दोस्रो अधिवेशनबाट टंकप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा चयन भएका छन् ।

यस्तै उपाध्यक्ष (जिल्ला नगर)मा जेपी कँडेल, उपाध्यक्ष (बस्तुगत)मा चन्द्रप्रकाश श्रेष्ठ र उपाध्यक्ष (एशोसिएट)मा लोकहरि श्रेष्ठ चयन भएका छन् । महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री, सचिवमा अजय न्यौपाने निर्वाचित भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भएका छन् । आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad