कर नतिरेर जथाभावी काठकाे काम गर्ने भारतीयहरूलाई राेक्न व्यवसायीहरूकाे माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ भदौ । दाङको घोराही उपमहानगरपालिकामा रहेका फर्निचर व्यवसायहरूले फर्निचर व्यवसायी समिति गठन गरेका छन् । व्यवसायीहरूले राप्ती फर्निचर व्यवसाय समिति गठन गरेका हुन् ।

प्रभुनाथ चौधरीको अध्यक्षतामा गठित ११ सदस्यीय समितिमा विक्रम गोतामे उपाध्यक्ष, धनपति शर्मा सोरुम उपाध्यक्ष, बालुलाल तामाङ सचिव, जीवन नेपाली र अर्जुन खनाल कोषाध्यक्ष रहनुभएको छ। समितिको सदस्यहरूमा शरद केसी, इन्द्रमणि ओली, देवीराम पोखरेल र छविलाल ठाकुर रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गोविन्दप्रसाद अर्यालको अध्यक्षता एवं फर्निचर व्यवसायी समितिका केन्द्रीय सदस्य मुकेश शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि वन पैदावार व्यवसायी सङ्घका केन्द्रीय प्रतिनिधि मित्रदेव अधिकारी हुनुहुन्थ्यो ।

व्यवसायीहरूको भेलाले बजार क्षेत्रमा व्यवसाय दर्ता नगरी जथाभावी रुपमा काम भइरहेको कुरामा खेद प्रकट गरेको छ । उनीहरुले व्यवसाय दर्ता गर्ने स्थानीय व्यवसायीहरु मर्कामा परेको र दर्ता नगरेर छिमेकी मुलुक भारतबाट आउने काम गरिरहेकाे बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राज्यले छिमेकी मुलुक भारतबाट आएर यहाँ काम गर्ने काठसम्बन्धी काम गर्ने हरूलाई करको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरे । यदि उनीहरु करको दायरामा आउन मान्दैनन् भने जथाभावी काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए यसका लागि राज्यले उचित कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad