घोराही-७ घुस्रामा राधाकृष्ण मन्दिर उद्घाटन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ भदौ । घोराही उपमहानगरपालिका वडा नं.७ घुस्रामा राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । मन्दिरको शनिबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।

मन्दिरको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विकासका लागि सबै राजनीतिक दल तथा संघसंस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । मन्दिर निर्माणमा सिंगो गाउँ नै एकजुट भएर लागेका कारण राधाकृष्ण मन्दिरको निर्माण भएको उदाहरण दिदै हरेक विकासका काममा समाज एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राधाकृष्ण मन्दिरको परिसरमा अझै मर्मत गर्नुपर्ने भएकाले यसका लागि सबै लाग्नुपर्ने सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले हरेक विकाससँग रोजगारी र उत्पादन जोडिने भएकाले विकासमा स्थानीय उत्पादनको बजारीकरण र रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्का, घोराही–७ का वडा सदस्य चिजबहादुर चौधरी, नेकपा एमालेका जिल्ला सदस्य मोहन आचार्य, नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २ (२) का सभापति अभियान बस्नेत, जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सचिन चौधरीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । घुस्रा टोल विकास संस्थाका अध्यक्ष तीर्थराज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मन्दिर निर्माण समितिका सचिव तिलकराम आचार्यले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad