दाङमा एनसेल डिलरमा प्रहरीको छापा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा प्रहरीले एनसेल डिलरमा छापा मारेको छ। बिक्री हुनु पूर्व नै प्रयोगमा आएका सिमकार्डसहित विभिन्न कागजात नियन्त्रणमा लिएको हो। घोराही उपमहानगरपालिका–१५ विपी चोक नजिकै गणेश रेग्मीले आफ्नै घरमा सञ्चालन गरेको एनसेल डिलरमा प्रहरीले छापा मारी बिक्री नहुँदै प्रयोगमा आएका एनसेलका सिम, स्मार्टका सिमकार्ड, विभिन्न व्यक्तिका फोटो, लाईसेन्स, नागरिकताको प्रतिलिपि नियन्त्रणमा लिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले बिक्री पूर्व नै एक्टिभ भएका एनसेलका दुई सयवटा सिमकार्ड, स्मार्ट स्ट्याण्डर प्याक लेखिएका ६ सय ७० थान सिमकार्ड, स्मार्ट मास्टर सिम ६३ थान, स्मार्ट सेल लेखिएका ४ सय ८० थान सिमकार्ड नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी एक हजार २ सय ६७ वटा नागरिकताको प्रतिलिपि, प्रत्येकको १०–१० वटाका दरले ४ सय ७८ वटा पासपोर्ट साईजको फोटोसहित तीनथान मोवाईल समेत प्रहरीले बरामद गरेको छ ।

अवैधरुपमा सिमकार्ड बिक्री वितरण भैरहेको सूचनाका आधारमा छापा मारेर ती सामग्री जफत गरिएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै नागरिकता र सवारी चालक अनुमति पत्र पनि धेरै फारममा मिल्ने गरेको छ ।  अपराधिक समूहलाई सिमकार्ड वितरणका लागि यस्तो गतिविधि भएको हुन सक्ने पनि प्रहरीको आशंका छ । साथै पसल सञ्चालक फरार हुनुले पनि गैरकानूनी काम हुँदै आएको बुझ्न सकिने प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दूर सञ्चार दुरुपयोग कसुर २०५३ को ऐन अन्तर्गत फरार गणेश रेग्मीविरुद्ध अदालतबाट मुद्दा दर्ता गरेर कानूनी कारवाहीको प्रकृया अघि बढेको एसपी पाण्डेले जानकारी दिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *