दाङमा पानीको बोतलमा किरा भेटिएपछि उद्योग सिल

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन्तोष खनाल

दाङ, ६ भदौ । दाङमा प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि एक पानी उद्योग सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगबाट उत्पादित एक्वा डिमान्ड नाम गरेको प्रशोधित पानीमा ढुसीसहित कमिला फेला परेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १५ दीपशिखा चोकमा रहेको सगुन नास्ता पसलमा किरासहित ढुसी लागेको पानी फेला पारेको थियो । पानीमा ढुसी र किरा भेटिएपछि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उद्योग सिल गरी उत्पादन र बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको नेतृत्वमा उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, स्थानीय, पत्रकारलगायतको अनुगमन टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीमा रहेको डाइनामिक वाटर एण्ड वेभरेज उद्योगको उत्पादन र बिक्री वितरणलाई रोक लगाउँदै सिल गरेको हो। घोराहीबाट बरामद गरिएको किरा र ढुसीसहितको लेबल नलगाएको बोतल बोकेर उद्योग पुगेको अनुगमन टोलीले मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न रोक लगाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अखाद्य पानी बजारमा पठाउने उद्योग विरुद्ध मुद्दा चलाएर हदैसम्मको कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो । उद्योगको अनुगमन गर्दा विविध कैफियत फेला परेकोले कैफियत सुधार गरेर मापदण्डमा नआउञ्जेलका लागि उद्योग सिल गरिएको जानकारी दिनुभयो । प्रशासन कार्यालयले उद्योगमा चारवटा सिल लगाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad