मानव सेवा घरमा महिला सामुदायिक, बेसहारासँग खुसी साट्दै नृत्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर.के.शीतल

दाङ, ६ भदौ । दिउँसो २ बजेको समयमा झिमझिम पानी परिरहेको थियो । पानी छल्न रेनकोट लगाएका मानिसको एक हुल मोटरसाइकल र स्कुटी लिएर मानव सेवा घरको गेटमा रोकियो । रङ्गीचङ्गी रेनकोट लगाएका युवाको समूह घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा प्रवेश ग¥यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मानव सेवा घरभित्र प्रवेश गर्ने बित्तिकै ३÷४ जनाले मानव सेवा घरको तर्फबाट गेटबाटै स्वागत गरे । सेवा घरको पश्चिमतर्फको भवनमा लाइनसँग ३५–४० जना बसेका थिए । धेरैजसो व्यक्ति बेञ्चमा बसेका थिए भने तीन÷चारजना भूईमा र एक जना ‘ह्विलचियर’मा बसिरहेका थिए । बसिरहेकामध्ये एक जना बोलिन्, ‘ल है ! तपाईँ सबै सर मेडमलाई स्वागत छ ।’ भिडतिर इसारा गर्दै ती महिलाले भनिन्, ‘तपाईँ त पहिले पनि आउनुभाथ्यो नि ?’ सेवा घरमा बस्नेमध्ये धेरैजसोले स्वागत गर्दै नमस्कार गरे भने केही आफ्नै सुरमा बोलिरहेका थिए, को आयो भन्ने वास्तै थिएन सायद ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१औँ स्थापना दिवसको अवसर पारेर पुगेको टोलीले कसैले मोबाइलमा भिडियो कैद गर्न थाले त कसैले शिर निहुराएर ज्येष्ठ नागरिकबाट आशीर्वाद थाप्दै थिए । केहीले भने ह्विलचियरमा बसेकासँग भलाकुरी गर्न थाले । उनीहरूले भन्दै थिए, ‘किन भूईमा बस्नुभएको ? ल अब उठ्नुस् ।’ नेपाल महिला सामुदायिक सेवा केन्द्र परिवार आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा नं १० मा सञ्चालन गरेको सेवा घरमा रहेका असहाय मानिसहरूलाई दिवा खाजा खुवाउने र अत्यावश्यकीय सामग्री सहयोग गर्ने उद्देश्यले अध्यक्ष कल्पना न्यौपानेको नेतृत्वमा पुगेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिउँसोको समयमा खिर, पुरी, तरकारी खुवाउने र सेवा घरका लागि अत्यावश्यक सामग्री सहयोग गर्न पुगेको टोलीले भान्सामा काम सुरु ग¥यो । सेवा घरसँगको समन्वय अनुसार खाजाका लागि सामग्रीहरू तयार थियो । सहयोग गर्न पुगेको टोली समूहमा विभाजन भयो र एक टोलीले खिर अनि अर्को टोली पुरी र अर्को टोलीले अचार व्यवस्थापन गर्न लाग्यो । सबै तयारी भइसकेपछि घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको उपस्थितिमा सेवागरमा बस्नेहरूलाई खाजा खुवाउन सुरु भयो । सबैको अगाडि खिर, पुरी र अचार पस्किएको थाली राखियो । सबैजना एकले अर्कोलाई हेर्दै बसिरहँदा खान आग्रह गरेपछि सबैले सँगै खान सुरु गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लाग्यो सबैको सँगै खाने बानी रहेछ । सेवा घरको संस्कार लुकेको अनुभूति भइरहेको थियो, त्यो दृश्यले । खिर, पुरी र अचार कोही निधक्कसँग खाए भने कसैका हात कापिरहेका थिए । अप्ठेरो गरेर खाएको देखेर सहयोग गर्न पुगेको एक जनाले सेवा घर व्यवस्थापकलाई सोधिन्, ‘उहाँले त खान नै सक्नुभएको छैन, गाह्रो भएर हो कि ?’ सेवा घरका संयोजक सुस्मिता श्रेष्ठले भनिन्, ‘उहाँलाई प्यारालाइसिस भएको छ, म्याम ! त्यसैले खाँदा गाह्रो हुन्छ, विस्तारै खानुहुन्छ ।’

खिर, पुरी र अचार खाइसकेपछि सक्नेले थाल लिएर धारामा आफैँ सफा गरे भने नसक्नेले थाली त्यहीँ छोडेर हातमुख सफा गरे । यी दृश्य सेवा केन्द्रको टिमले नियालिरहेको थियो । कतिले परिचित अनुहार देखेर आश्चर्यमा थिए । केन्द्रको स्थापना दिवसको अवसरमा सेवा घरका मानिसलाई खाजा (खिर, पुरी अचार) खुवाउनुका साथै सेवा घरका लागि अत्यावश्यकीय सामग्री सहयोग गरेको छ । खाद्यान्नका साथै सरसफाइका सामग्री, भान्साका लागि आवश्यक खाद्य सामाग्री सहयोग गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चामल, दाल, नुन, तेल, बेसार, धनिया, जिरा, मेथी, स्याम्पु, साबुन, सर्फ, चक्कु, हर्पिक, फिनाइल, डाइपर, नमकिनलगायतका सामग्री सेवा घरलाई प्रदान गरिएको थियो । औपचारिक कार्यक्रम गरेर सामग्री हस्तान्तरण गरिएको थियो । सहभागीलाई प्रेरणादायी भनाइसहित सेवा घरका संयोजक श्रेष्ठले टीका, खादा लगाएर स्वागत गरेकी थिइन् । चौपचारिक कार्यक्रम पश्चात नाचगान गरेर मनोरञ्जन पनि गरिएको थियो । जसमा सेवा घरमा बस्नेहरू खुसीले झुमेर छमछमी नाचे ।

सामग्री हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले भनिन्, ‘नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको छ । मानव सेवा घरमा रहेका बेसहारा दाजुभाई, दिदिबहिनीलाई सेवा गर्ने मौका पायाँैँ । आगामी दिनमा पनि सेवा घरसँगको सहकार्य जारी नै रहनेछ ।’ सेवा केन्द्रले स्थापना दिवसको अवसरमा रक्तदान एवम् सेवा घरमा सहयोगलगायत सामाजिक काम गरेर मनाएको न्यौपानेले बताइन् । महिला सामुदायिकले मानसिक स्वास्थ्यको क्षेत्रमा पनि लामो समयदेखि काम गर्दै आएकाले मानव मुक्त सडक बनाउने सरकार र सेवा घरको अभियानमा सधैँ सहकार्य गर्न तयार रहेको बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष पाण्डेले जसको कोही छैन उसको सहारा बनेर मानव सेवा घरले उदाहरणीय काम गरेको बताए । पाण्डेले सरकारले गर्नु पर्ने काम मानव कल्याण समाजले गरिरहेको भन्दै सबैको सहयोगले मात्र मानव सेवा घर चल्ने भएकाले सबैलाई सेवा घरमा सहयोग गर्न आह्वान गरे । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक काममा लामो समयदेखि काम गरेको विषयमा आफू जानकार रहेको बताउँदै वडाध्यक्ष पाण्डेले आगामी दिनमा पनि यस अभियानलाई जारी राख्न अनुरोध गरे ।

मानव कल्याण समाज (सेवा घर) नारायणपुरका संयोजक श्रेष्ठले सबैको सहयोगले सेवा घर सञ्चालनमा रहेको बताइन् । व्यक्ति तथा संघसंस्थाले आफ्नो विशेष दिनको अवसरमा गर्ने सहयोगले पनि सेवा घर सञ्चालनका लागि धेरै सहज भएको उनले बताइन् । विसं २०७६ बाट दाङमा सञ्चालन भएको मानव सेवा घर घोराही उपमहानगरपालिका १० मा हाल ४० जना बेसहारा मानिस रहेका छन् । करिब एक सय ५० बढी बेसहारालाई नारायणपुर शाखाले सेवा दिइसकेको श्रेष्ठले बताइन् । भक्तपुर केन्द्रीय कार्यालय रहेर काम गरिरहेको मानव कल्याण समाजले हाल ६ स्थानबाट सेवा दिइरहेको छ । भक्तपुर झौखेल, निजगढ हेटौंडा, पशुपति क्षेत्र गौशाला, पनौती भक्तपुर, सौखु काभ्रे र नारायणपुर दाङबाट सेवा घर सञ्चालन भएको छ । हाल तीन सय बढी बेसहारालाई सेवा घरले सेवा दिइरहेकोमा ४५ जना बालबालिका मात्र रहेको सेवा घर नारायणपुरका संयोजक श्रेष्ठले बताइन् ।