सडक चौडा गर्न लमही नगर प्रमुखले लगाए आफ्नै घरमा डोजर

Blog Post Ad Blog Post Ad Blog Post Ad

टेकवहादुर पुन

देउखुरी, ६ भदौ । लमही–कोइलाबास सडक खण्डको लमही बजार क्षेत्रमा सडक विस्तारको काम सुरु भएको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आफ्नै घरमा डोजर चलाएर सडक विस्तारको काम सुरु गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हुलाकी सडक विस्तार हुँदा सडकको १५÷१५ मिटर दायाँबायाँ क्षेत्रमा पर्ने गरी मुआब्जा वितरण गरिएको थियो । ‘सडक क्षेत्र फराकिलो बनाउँदा मेरो घर पनि सडकमा प¥यो, बजार राम्रो बनाउने उद्देश्य हो’, नगर प्रमुख चौधरीले भने, ‘सुरुमा आफ्नै घरमा डोजर लगाएर सडक चौडा बनाउने अभियानको सुरु भएको छ, यो मेरो दायित्व हो ।’

डोजर लिएर प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत स्थानीय त्यहाँ पुगेका थिए । बुधवारदेखि लमही–कोइलाबास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको छ । यस अघि सडक डिभिजन कार्यालय दाङले सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटरमा बनेका सबै संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । सडक निर्माणका क्रममा जग्गाको मुआब्जा बुझिसकेका स्थानीयले भौतिक संरचनाको क्षतिपूर्ति पनि माग गरेपछि बजार क्षेत्रमा सडक विस्तारको काम हुन सकेको थिएन । सडक कालोपत्रे भएको करिब आठ वर्षपछि सडक विस्तारको काम सुरु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजार क्षेत्रमा सडक साँघुरो हुँदा ठुला सवारी साधन आवागमनमा समस्या हुने गरेको थियो । त्यो समस्या हटाउँदै खुला सडक बनाउन सडक विस्तारको काम सुरु भएको प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताए । ‘घर भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छ कि भन्ने चिन्ता छ तर हामी त्यस्तो हुन दिँदैनौँ, सडक खाली हुँदै जान्छ नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ’, प्रतिनिधि सभासदस्य चौधरीले भने, ‘यो अभियानमा सबैको साथ आवश्यक छ ।’

सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको भन्दै संरचना हटेपछि सडक विस्तारको काम पनि हुने बताए । लमही–कोइलाबास हुलाकी सडक औपचारिक रूपमा नेपाल सरकारलाई विसं. २०७७ चैत १८ मा हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्ब बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad