महिला जेसीज सप्ताह कार्यक्रम, स्लो स्कुटी रेसमा कृष्णकुमारी प्रथम

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेश्रो दिन घोराही उपमहानगरपालिका–१४ स्थीत लखन थापा पार्क नजिकै भएको स्लो स्कुटी रेस प्रतियोगितामा १८ जनालाई पछि पार्दै कृष्णकुमारी प्रथम हुन सफल भएकी हुन ।

प्रतियोगितामा भीमा डिसी द्धितिय र इन्द्रा बुढा तृतीय भएका थिए । प्रतियोगिताका बिजेतालाई प्रमाण,ट्रफिलगायतको पुरस्कार प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीको प्रमुख आतिथ्य तथा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले ट्राफिक दुर्घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको बताएका थिए । प्रहरी वा कुनै कुनै संघसस्था मात्र नभएर सवैको संयुक्त प्रयासबाट मात्र समाजमा ट्राफिक सचेतना सम्वन्धी जनचेतना फैलाउन सकिने भन्दै त्यसका लागि सहकार्य आवश्यक रहेको बताए थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाही, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद पाण्डे, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिना बिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक मिना भण्डारी वलीले सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन । उनका अनुसार भदौको ५ गते बुधवार घोराहीस्थीत नेपाल पत्रकार महासंघको सभाहलमा मनोबिमर्श सम्वन्धी सचेतनामुलक कार्यक्रम हुने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रम संयोजक लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई आस्थापाठ बिन्दु पाण्डेले गराएकी थिइन ।

कार्यकारिणी उपाध्यक्ष अर्चना शर्माको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता अधिकारीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad