तुलसीपुर चेम्बर अफ कमर्सका नयाँ पदाधिकारीलाई स्वागत सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ भदौ । तुलसीपुर हाेटल व्यवसायी समितिले चेम्बर अफ कमर्स तुलसीपुरका नयाँ पदाधिकारीलाई स्वागत सम्मान गरेको छ । समितिले मंगलबार अध्यक्ष ऋषिराज भण्डारीसहितका पदाधिकारीलाई स्वागत सम्मान गरेकाे हाे ।

समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतकाे अध्यक्षता तथा हाेटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य नेत्रलाल वलीकाे प्रमुख आतिथ्यता एवं चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारीकाे विशिष्ट आतिथ्यतामा स्वागत सम्मान कार्यक्रम भएको हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस अवसरमा केन्द्रीय सदस्य वलीले व्यावसायिक संस्था मिलेर सामाजिक उत्तरदायित्वका काम गर्दा तुलसीपुरकाे विकास समृद्धिमा थप टेवा पुग्ने बताउनुभयो । हाेटल व्यवसायी तुलसीपुरका सल्लाहकार समेत रहनुभएका वलीले व्यावसायिक एकताका लागि सबै व्यवसायीहरू आफ्नो संस्थामा जाेडिनुपर्ने बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष भण्डारीले हाेटल व्यवसायी समिति र चेम्बर अफ कमर्सबिच सधैं सहकार्य हुने बताउनुभयो । उहाँले हाेटल व्यवसाय नयाँ तरिकाबाट व्यवसाय गरेमा व्यवसाय फस्टाउने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हाेटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले व्यावसायिक हकहितका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने र सामाजिक काम गर्दा अस्तित्व बढ्ने बताउनुभयो । उहाँले व्यवसायीका नाममा विकृति र विसंगति गर्ने व्यवसायीलाई नगर्ने , नगराउने बताउनुभयो ।

लुम्बिनी प्रदेशको प्रदेश पर्यटन उपाध्यक्ष दाेर्ण आचार्य र प्रदेश सदस्य प्रवेश वलीलाई पनि स्वागत सम्मान गरिएको छ । काेषाध्यक्ष दिल बहादुर भण्डारीकाे स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमकाे सहजीकरण संस्थाका सल्लाहकार प्रेमप्रकाश मल्लले गर्नुभएको हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad