दाङ्ग महिला जेसिजद्वारा कानुनी पहिचान सम्बन्धी सचेतना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, २ भदौ । दाङ महिला जेसीजले कानुनी पहिचान सम्वन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतवार घोराही उपमहानगरपालिका–१७ को टोलमा कानुनी पहिचान सम्वन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डागी र घोराही उपमहानगरपालिका–१७ का निवर्तमान अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यमामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेसीजले सचेतनामुलकसँगै सिपमुलक तालिम सञ्चालन गरेर महिलालाई आत्मनिर्भर बनाउन सहयोग खेलेको बताएका थिए ।

त्यससँगै महिलाको क्षमता तथा नेतृत्व विकासका लागि समेत भूमिका खेल्ने गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सहभागीलाई कानुनी पहिचान सम्वन्धी प्रशिक्षण अधिवक्ता किरण पौडेलले दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डागी, घोराही उपमहानगरपालिका–१७ का निवर्तमान अध्यक्ष खुसीराम चौधरी, आर.एस. टोल विकास सस्थाका अध्यक्ष गेमबहादुर घर्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका बारेमा मुल कार्यक्रम संयोजक मिना भण्डारी वलीले जानकारी दिएकी थिइन । कार्यक्रममा स्थानीय महिलाको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मुल कार्यक्रम संयोजक वलीका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भदौ ४ गते घोराही १४ लखनपार्कमा स्लो स्कृटी रेस, भदौ ५ गते नेपाल पत्रकार महासंघ दाङ शाखाको हलमा मनोविमर्श, भदौ ६ गते त्रिभुवन नगर जेसीजको हलमा धूपबत्ती बनाउने तालिम, भदौ ७ गते माता पवित्रादेवी सांगवेद संस्कृत माध्यामिक विद्यालयमा शुक्रवारमा सहयोग हस्तान्तरण कार्यक्रम र भदौ ८ गते बाह्रकुने दहमा समापन गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रम संयोजक रेमन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आस्थापाठ पबित्रा चौधरीले गराएकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यकारिणी उपाध्यक्ष अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता अधिकारीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad