जीवन ज्योति नमुना मावि रिमबाट युवा वैज्ञानिक बिजय रानालाई २० हजार बढी सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, ३१ साउन । सल्यानको युवा वैज्ञानिकको रुपमा परिचित बिजय रानालाई जीवन ज्योति नमुना मावि रिमबाट २० हजार बढी आर्थिक सहयोग गरिएको छ । विद्यालयका विद्यार्थी, शिक्षक , विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश भण्डारी, समाजसेवी भद्र सिंह बुढा लगायतले युवा वैज्ञानिक रानालाई २० हजार ४३० आर्थिक सहयोग गरेका हुन् ।

रानाले पानी जहाँज बनाउन आर्थिक संकलनको अभियान थालेकाले जीवन ज्योति नमुना माविले पनि केहि रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भुपाल साहुले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले खाजा खर्च कटाएर वचत गरेको ८ हजार १ सय ३५, शिक्षक स्टपले १० हजार २९० , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीले १ हजार र समाजसेवी भद्र सिं बुढाले १ हजार ५ युवा वैज्ञानिक रानालाई सहयोग गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युवा वैज्ञानिक रानाले पानी जहाज, ड्रोन बनाउनुभएको छ । उहाँलाई थप हौसलाका लागि विद्यालयले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । उहाँले युवा वैज्ञनिक रानाले आफ्नो अनुभव र गरेका नविनतम कामको बारेमा समेत विद्यार्थीलाई शेयर गरेको समेत बताउनुभयो ।

विद्यालयले हरेक महिनाको दोस्रो अन्तिम दिन अतिथि कक्षा संचालन गर्ने गरेको छ । अतिथि कक्षामा विद्यार्थीलाई हरेक पटक नयाँ ज्ञान प्रदान गर्ने गरिएको छ । सोहि अनुरुप बिहिबार युवा वैज्ञानिक रानाले आफ्ना अनुभव विद्यार्थीलाई शेयर गरेको विद्यालयले जनाएको छ । युवा वैज्ञानिक रानाले पानी जहाँज बनाएर शारदा नदिमा चलाउने योजना बनाउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad