राप्ती बहिरा संघ दाङको २५ औँ स्थापना दिवस

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । राप्ती बहिरा संघ दाङले २५ औँ स्थापना दिवस अर्थात रजत जयन्ती मनाएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजयदिप शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । कार्यक्रममा तुलसीपुर उपमहानगपालिकाका नगरप्रमुख टिकाराम खड्काले नगरलाई अपांगमैत्री बनाउदै लैजाने बताउनुभयो । उहाँले पालिकाभित्रका अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान, गुनासो सुनुवाई र माग संवोधनका विषयमा विगत देखिनै स्थानीय सरकार संवेदनशिल हुँदै आएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पालिकाभित्र रहेका अपांगताहरुको सवलीकरण र जीवनस्तर सुधारका लागि बजेट बिनियोजन गरि कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि निरन्तर कामहरु गर्दै आएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले पालिकाभित्र रहेका ३ हजार ३२ जना अपांगता भएकाहरुको हितमा काम गरिरहेको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्यसंघका महासचिव केशवराज केसीले अपांगताको सवालमा व्यवसायीहरु सँधै सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ सहसचिव दिप्तीशिखा चौधरी, दलित सेवा समाज दाङका सचिव सन्तोष चनारा, दलित नागरिक समाज दाङका अध्यक्ष छवि परियार, सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज विश्वकर्मा, मावि अश्वाराका प्रधानाध्यापक धु्रवराज लामिछाने, नगरस्तरीय अपांगता सञ्जाल उपाध्यक्ष तिलसरा पुन लगायतले नागरिकका स-साना समस्याहरु समेत राज्यले समाधान गर्न नसक्नु दुखको विषय भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती बहिरा संघकी उपाध्यक्ष रुपा बिकले स्वागत गरेको कार्यक्रममा राप्ती बहिरा संघकी कार्यकारी निर्देशक प्रतिमा शर्माले संस्था स्थापनाको उदेश्य तथा आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव डम्बर डाँगी र राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले गर्नुभएको हो भने दोभाषेको रुपमा स्मृति योगी रहनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad