घट्यो पेट्रोल र डिजेलको मुल्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैँया घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ६४ र तेस्रो वर्गका लागि रु एक सय ६५ कायम भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५२ रुपैयाँ ५० पैसा, एक सय ५४ रुपैयाँ र एक सय ५५ रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad