रुकुमपूर्व : भूमे गाउँपालिकामा प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुमपूर्व, ३० साउन । रुकुमपूर्वको भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना ब्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ । गाउँपालिकामा विपन्न घर परिवारका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिना ब्याज शैक्षिक ऋण (कर्जा) दिँदै आएको हो ।

आर्थिक वर्ष २०७७/७८ सालदेखि यो सुविधा सुरुवात भएको हो । २०७७/०७८ देखि सुरु गरिएको बिना ब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी दुई जना, भेटेरिनरी दुई र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई र डिप्लोमा एचए एक गरेर जम्मा सात जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सहायक टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, जेहेनदार तथा विपन्न घरपरिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत पनि गाउँपालिकाले पढाउने गरेको छ । हालसम्म उद्यम विकास सहजकर्तातर्फ भूमे-४ का मनीषा पुन, भूमे-९ का सपना पुन, दीपशिखा पुन, सपना बुढा र विद्युत् प्राविधिकमा भूमे-८ का शिशिर रोका, भूमे-२ का विपना घर्ती र अन्जना बुढा, भूमे-७ का विनज्योति बुढालाई गाउँपालिकाले छात्रवृत्तिमा पढाइराखेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिना ब्याज ऋण र छात्रवृत्ति प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताउनुभयो । ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad