घोराहीको पुँजीगत खर्च ८० प्रतिशत

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमरराज आचार्य

दाङ, ३१ साउन । घोराही उपमहानगरपालिकाको पुँजीगत खर्च कूल बजेटको ८०.९१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा पुँजीगत खर्च ८०.९१ प्रतिशत भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पुँजीगततर्फ ८२ करोड पाँच लाख ९२ हजार रुपैयाँ बजेट रहेकोमा ६६ करोड ३९ लाख ७५ हजार पाँच सय ७२ रुपैया ७२ पैसाँ खर्च भएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालुतर्फ एक अर्ब २४ करोड ६६ लाख ५१ हजार रुपैयाँ रहेकोमा एक अर्ब आठ करोड ५६ लाख ४७ हजार तीन सय ३६ रुपैयाँ एक पैसा अर्थात् ८७.०९ प्रतिशत खर्च भएको छ । उपमहानगरपालिकाको कूल बजेट दुई अर्ब छ करोड ७२ लाख ४३ हजार रुपैयाँ रहेकोमा एक अर्ब ७४ करोड ९६ लाख २२ हजार नौ सय आठ रुपैयाँ ७३ पैसा खर्च भएको छ । जुन बजेटको ८४.६३ प्रतिशत खर्च हो ।

गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट एक अर्ब छ करोड सात लाख ६९ हजार रुपैयाँ उपमहानगरपालिकामा आउने प्रस्ताव गरिए पनि एक अर्ब पाँच करोड ६० लाख ८२ हजार तीन सय ६० रुपैया आएको थियो । जुन ९९.५६ प्रतिशत बजेट आएको हो । जसमा समानीकरण अनुदान २९ करोड ११ लाख प्रस्ताव गरिएकोमा २८ करोड ९६ लाख दुई हजार रुपैयाँ अर्थात् ९९.४९ प्रतिशत बजेट आएको हो । सशर्त अनुदान चालुतर्फ ७१ करोड २६ लाख ८३ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा ७१ करोड २४ लाख २८ हजार रुपैयाँ आएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जुन बजेट ९९.९६ प्रतिशत हो । सशर्त अनुदान पुँजीगततर्फ चार करोड ३४ लाख ८६ हजार रुपैयाँ बजेट प्रस्ताव गरेकोमा चार करोड १४ लाख ८६ हजार रुपैयाँ आएको थियो । जुुन ९५.४ प्रतिशत हो । विशेष अनुदान पुँजीगततर्फ ७५ लाख प्रस्ताव गरिएकोमा ७५ लाख नै आएको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी प्रदेश सरकारबाट आठ करोड ३७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा छ करोड ८० लाख ९८ हजार बजेट आएको सूचना अधिकारी चौधरीले जानकारी दिए । जुन ८१.३३ प्रतिशत बजेट हो । समानीकरण अनुदानतर्फ एक करोड ९३ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएकोमा एक करोड ६५ लाख ३८ हजार रुपैयाँ प्राप्त भएको थियो । जुन ८५.३३ प्रतिशत हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सशर्त अनुदान चालुतर्फ १४ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएकोमा ११ लाख ६० हजार रुपैयाँ उपमहानगरमा आएको थियो । जुन ८० प्रतिशत हो । सशर्त अनुदान पुँजीगततर्फ तीन करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा दुई करोड ६४ लाख रुपैयाँ आएको थियो । जुन ८०.२३ प्रतिशत हो । विशेष अनुदान पुँजीगततर्फ एक करोड प्रस्ताव गरिएकोमा एक करोड पाँच लाख रुपैयाँ आएको थियो । जुन १०५ प्रतिशत हो ।

आन्तरिक राजस्व ३५ करोड बढी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ३५ करोड २९ लाख बढी आन्तरिक राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले ३५ करोड २९ लाख १५ हजार तीन सय पाँच रुपैयाँ ८७ पैसा आन्तरिक आम्दानी गरेको सूचना अधिकारी चौधरीले बताए ।

उपमहानगरपालिकाले ४४ करोड ५२ लाख ५५ हजार आन्तरीक आम्दानी हुने प्रस्ताव गरेको थियो तर लक्ष्यको ७९.२६ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको हो । जुन आम्दानी सम्पत्ति करबाट दुई करोड २६ लाख ३३ हजार ९४ रुपैया ८१ पैसा, भूमि कर÷मालपोतबाट एक करोड ८६ लाख ६२ हजार नौ सय ७० रुपैयाँ ९६ पैसा, बहाल करबाट तीन करोड १० लाख २४ हजार चार सय २६ रुपैया नौ पैसा, बहाल बिटौरी करबाट ६१ लाख सात हजार ३४ रुपैयाँ २५ पैसा, सवारी साधन कर (साना सवारी) बाट एक लाख पाँच हजार पाँच सय ५० रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ४८ हजार पाँच सय आम्दानी भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरेर अखेटोपहारमा लाग्ने करबाट १४ लाख ४२ हजार दुई सय ८९ रुपैयाँ २६ पैसा, अन्य करबाट दुई लाख ७० हजार आठ सय ७६ रुपैयाँ ७५ पैसा, अन्य सेवा शुल्क तथा बिक्रीबाट दुई करोड ९१ लाख ६४ हजार एक सय ६५ रुपैयाँ ११ पैसा आन्तरिक आम्दानी भएको सूचना अधिकारी चौधरीले बताए ।

यसैगरेर शिक्षा क्षेत्रको आम्दानी पाँच लाख ८१ हजार नौ सय रुपैयाँ, नक्सापास दस्तुरबाट ६४ लाख २५ हजार छ सय ५४ रुपैयाँ ५४ पैसा, सिफारिस दस्तुर तीन करोड २१ लाख ५० हजार आठ सय ७७ रुपैयाँ ९३ पैसा, नाता प्रमाणीकरणबाट दुई लाख १५ हजार छ सय १० रुपैयाँ, न्यायिक दण्ड–जरिवाना र जफतबाट ३५ हजार छ सय ९२ रुपैयाँ ३६ पैसा, प्रशासनिक दण्डजरिवाना र जफतबाट पाँच लाख सात हजार नौ सय ८० रुपैयाँ ४८ पैसा, अन्य राजस्वबाट ६७ लाख ७३ हजार चार सय २९ रुपैयाँ छ पैसा, व्यावसायी करबाट एक करोड ५३ लाख ९६ हजार सात सय ५२ रुपैयाँ ६६ पैसा, बेरुजुबाट ९८ हजार १७ रुपैयाँ ३० पैसा र बैंक मौज्दात १८ करोड १२ लाख ७० हजार तीन सय ८४ रुपैयाँ ३१ पैसा आन्तरिक आम्दानी भएको छ ।