तुलसीपुर उपमहानगर र विद्युत प्राधिकरणबिच जुहारी : पोल गन्दै उपमहानगर

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । तुलसीपुर उपमहानगरपालिका र विद्युत प्राधिकरण तुलसीपुरबिच जुहारी चलेको छ । उपमहानगरपालिकाले विद्युत प्राधिकरणलाई सडक बत्ति वाफतको विद्युत महशुल बुझाएको छैन भने विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युतका पोल वाफतको शुल्क बुझाउनुपर्ने उपमहानगरले बताएको छ ।

उपमहानगरपालिकाले अहिले नगरभित्र विद्युत प्राधिकरणले गाडेका विद्युतका पोल गन्ती शुरु गरेको राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले बताउनुभयो । उहाँले विद्युतका पोल गन्तीका लागि १९ वटै वडालाई पत्राचार गरिसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिलेसम्म चार वटा वडालेमात्रै विद्युतका पोल गन्ती गरेको तथ्यांक पठाइसकेको र बाँकी वडाको आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले नगरको आर्थिक ऐन  अनुसार विद्युत प्राधिकरणसंग प्रति पोल २ सय रुपैँया उपमहानगरपालिकाले लिने लिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले २०७४ देखि बितेको आर्थिक वर्षको असार मसान्तसम्मको १ करोड ४२ लाख ६६ हजार ४०४ महशुल बुझाउन बाँकी छ । विद्युत प्राविधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीले पालिकाले विद्युत महशुल बुझाउने आश्वासन मात्रै दिने गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार विद्युत कार्यालयले निरन्तररुपमा पत्राचार गरेर लाइन काट्नेसम्मको चेतावनी दिएपछि तुलसीपुर उपमहानगरपालिको २०८० असोज १९ गते पालिकाले तिर्नुपर्ने रकम एक करोड २५ लाख ५८ हजार छ सय ८१ रुपैयाँ बाँकी रहेको र बजेट व्यवस्थापन गरेर भुक्तानी दिने भन्दै प्रतिउत्तर पठाएको थियो । तर भुक्तानी गरेन ।

त्यसपछि फेरि विद्युत प्राधिकरणले २०८० मंसिर २६ गते असोज १९ को सम्झौताअनुसार मंसिर मसान्तभित्र भुक्तानी गर्न भन्दै पुनः पत्राचार गरेपछि पालिकाले पाँच लाख मात्रै भुक्तानी गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर बाँकी रकम भुक्तानी नगरको उहाँले बताउनुभयो । उहाँले विद्युत ऐन २०४२ अनुसार स्थानीय कर तिर्नु नपर्ने भन्ने उल्लेख भएकाले पनि प्राधिकरणले उपमहानगरपालिकालाई कर नबुझाउने बताउनुभयो ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले विद्युत प्राधिकरणले पोल राखेको शुल्क भुक्तानी गरेपछि मात्र महशुल भुक्तानी गर्न सकिने बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले उपमहानगरपालिकालाई प्रतिपोल २ सय रुपैँया बुझाउनुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad