वाणिज्य उपाध्यक्षका बलिया उमेद्वार नरेश कुमार राजभण्डारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

वैशाख, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही वैशाख २९ गते हुन लागेको निर्वाचनमा नरेश कुमार राजभण्डारी वाणिज्य उपाध्यक्ष पदका बलिया उमेद्वारका रुपमा चिनिनु भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचनको रौनक बढ्दै जादा वाणिज्य उपाध्यक्ष पदमा वि.सं. २०५३ साल देखि तुलसीपुरमा व्यवसाय सुरु गर्नुभएका नरेश कुमार राजभण्डारीको जित निश्चित भएको देखिन्छ । २०५४ सालमा तुलसीपुर उद्योग वाणिज्य संघमा आजिवन सदस्य भएर २०७१ सालदेखि कपडा व्यवसाय समितिको संयोजक भई तिन कार्यकाल चलाई सक्नु भएका राजभण्डारीको पक्षमा व्यापारीहरुको माहोल राम्रो देखिएको छ । तुलसीपुरमा कपडा तथा सेवा व्यवसाय भाग्य लक्ष्मी इन्टरप्राईजेज सञ्चालन गर्दै आउनुभएका राजभण्डारी व्यवसायीहरुका माझमा लोकप्रिय हुनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो,–‘मेरो उम्मेद्वरी नै व्यवसायिक हक हितका लागि हो । मैले जित्नु नै तुलसीपुरका व्यापारीहरुले जित्नु हो । व्यवसायीहरुको जितका लागि मेरो जित आवश्यक छ ।, यसैमा उहाँले थप्नुभयो–‘म अहिले चुनावी मैदानमा रहदा सम्पुण व्यवसायीहरुबाट सकारात्मक र रचनात्मक साथ सुझाव पाएको छु ।,

नरेश कुमार राजभण्डारीले रोटरी क्लव तुलसीपुरको संस्थापक सदस्य हाल लायन्स क्लवको सदस्य राप्ति बबई क्याम्पसमा दोस्रो कार्यकालको सदस्य, रेडक्रसको सदस्य, नेवाः देय् दवुको हालको केन्द्रिय उपाध्यक्ष, तुलसीपुर भानुभक्त टोलको उपाध्यक्षका साथै विभिन्न संघ सस्थामा क्रियासिल रहि प्रभावकारी रुपमा जिम्मेवारी पुरा गरि सकेको अनुभव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad