घोराही आईपुगे चर्चित रक ‘फेथ ओम’ ब्याण्ड, द किंगमा आज लाइभ प्रस्तुती दिने

दाङ, १४ बैशाख । नेपालको चर्चित रक फेथ ओम ब्यान्ड घोराही आईपुगेको छ । घोराही-१५ मा रहेको द किंग लाउन्ज एण्ड बारमा आज शुक्रबार ‘फेथ् ओम’ ब्याण्डले प्रस्तुती दिने भएको छ ।

Blog Post Ad

त्यसैगरि दाङमा दोश्रो पटक आएका ब्याण्डका तीन सदस्य गितकार, कम्पोजर भोकलिस्ट सुप्रिना लामा, ¥यापर मोनालिसा श्रेष्ठ र भूमिका बुद्धाचार्यले प्रस्तुती दिनुहुने द किंग लाउन्ज एण्ड बारकी सञ्चालिका हुकुमा रोकाले जानकारी दिनु भयो । दाङवासीको गज्जबको माया र साथ पाउदा खुशी लागेको हुँदा दोश्रो पटक पनि आएको फेथ ओम ब्यान्डले बताएको छ ।

Blog Post Ad

आजपनि दंगालीहरुलाई भरपुर मनोरन्जन दिनका लागि बेलुका सबैजनालाई द किंग लाउन्जमा आमन्त्रित गरेको द किंग लाउन्जकी सन्चालिका हुकुमा रोकाले बताउनु भयो । साथै आज बेलुकी ६ बजेदेखी राति ११ बजेसम्म चल्ने लाइभ म्युजिक कार्यक्रमको टिकट शुल्क तीन सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरि आज लाइभ म्युजिकसंगै डिजे युवराजले दर्शकहरुलाई डिजे गीतहरुमा नचाउने छन  ।

भ्वाईस अफ नेपालमा सहभागी हुने नेपालको पहिलो ब्याण्डको रुपमा परिचित बनेको ‘‘फेथ् ओम’’ ब्याण्ड सिजन फाईफको टप १२ सम्म पुगेको थियो । सानैदेखि संगीतमा रुचि भएका उहाहरुले २०१७ जुलाईबाट ब्याण्ड सुरुवात गर्नुभएको थियो ।

ब्याण्डले सुरुवातको समयमा कभर गितहरुबाट सुरुवात गरेपनि अहिले आफ्नै गितहरु मार्फत् प्रस्तुती दिदै आएको छ । पप र ¥याप गितहरु मार्फत् बेग्लै पहिचान दिदै आएको ‘‘फेथ् ओम’’ ब्याण्डको लाईफ प्रस्तुती हेर्ने र सुन्ने दाङबासी दर्शकका लागि यो निकै राम्रो अवसर भएको द किंग लाउञ्च एण्ड बारका सञ्चालक रोकाले बताउनुभयो ।