लमहीमा देउखुरी ब्यापि ओपन डबल्स ब्याडमिन्टन प्रतियोगता शुरु

टेकबहादुर पुन

Blog Post Ad

लमही, १४ वैशाख । लमहीमा ब्याडमिन्टन खेलको बिकाशका लागि देउखुरी ब्यापि ओपन डबल्स ब्याडमिन्टन प्रतियोगता शुरु भएको छ ।

Blog Post Ad

लमही जेसीजको आयोजनामा दोस्रो जेसीज कप ब्याडमिन्टन प्रतियोगिता (B- Leval) शुरु भएको हो । बैशाख १४ र १५ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन शुक्रबार गरिएको हो ।

प्रतियोगिताको उद्घाटन लमही जेसिजका पुर्ब अध्यक्ष तथा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीले गरेका हुन ।

प्रतियोगितालाई बि र सि गरि २ समुहमा बिभाजन गरिएको छ । दुबै समुहमा समान २४/२४ गरि ४८ समुहले भाग लिएका छन । दुबै समुहबाट पहिलो र दोस्रो गरि ४ समुह उत्कृष्ट हुने कार्यक्रम संयोजक प्रकाश रेग्मीले बताए । उत्कृष्ट हुने समुहहरुले नगद, मेडल प्रमाणपत्र पाउनेछन ।

अध्यक्षता लमही जेसिजका अध्यक्ष मुकेश चौधरीको अध्यक्षता तथा पुर्ब अध्यक्ष कमल जँग सिंह ठकुरीको प्रमुख आतिथ्य एबम् नेपाल जेसिज राष्ट्रिय २०२४ का कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीको विशिष्ट आतिथ्यमा उद्घघाटन गरिएको हो ।

कार्यक्रम सँयोजक प्रकाश रेग्मीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष शुसिला शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन लमही जेसिजका महासचिब सरोज पौडेलले गरेका हुन ।

पछिल्लो समय लमहीमा कभर्डहल निर्माण भएसँगै ब्याडमिन्टन खेलले स्थान पाईरहेको छ ।