दाङ उवासंघको सचेतना कार्यक्रम शुरु

दाङ, १४ वैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा विहिवार देखि व्यवसायीक सचेतना कार्यक्रम शुरु गरेको छ । संघका अध्यक्ष वसन्त जोशिले शुभारम्भ गर्नुभएको हो । सचेतना कार्यक्रममा सबैका ढाेका- ढोकामा पुगेर व्यवसायीका गुणासा सुन्ने र आवश्यक सेवा दिने सहकोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिनुभयो ।
टोलि सब्जीमण्डी, राप्ती टोलमा घरदैलो गरेको थियो । दिनदिनै कार्यक्रम सञ्चालन गर्ने उबासंघले जनाएको छ । सचेतनाकोक्रमम ब्यबसायीलाई प्रमाणपत्र देखिने गरी राख्ने, समयमा नविकरण गर्ने, पान नम्बर देखिने गरी राख्ने लगाएत सिकाएको छ । पहिलो दिन ८० पसलमा पुगेर सेवा दिइएको संयोजक खनाललले बताउनुभयो ।
व्यवसायीलाई वुलेटिन र क्यालेन्डर वितरण गरीएको थियो । संघका सदस्य निमबहादुर बुढाथोकि, विष्णु रिजाल, नोर्बुृ तामाङ लामा र बामदेव न्यौपाने दिनभरी खट्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगाएतको सहभागिता थियो ।

Blog Post Ad