नियमविपरित काम गर्ने ३३ प्रहरी कारबाहीमा

 

Blog Post Ad Blog Post Ad Blog Post Ad


दाङ, २० असार ।
दाङमा चालुआर्थिक बर्षमा ३३ जना प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालुआर्थिक बर्षको असारसम्म ३३ जना प्रहरी कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा तीनजना प्रहरी निरीक्षक, दुई जना प्रहरी नायब निरीक्षक, पाँचजना प्रहरी सहायक निरीक्षक, पाँचजना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ति मध्ये प्रदेश प्रहरी कार्यलयबाट एकजना र जिल्ला प्रहरी कार्यालय दाङबाट दुईजना प्रहरी निरीक्षक कारवाहीमा परेका हुन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी नायब उपरीक्षक, प्रदेश नं. ५ वाट १ जना प्रहरी हवलदार र जिल्ला प्रहरी कार्यालय दाङबाट ४ जना प्रहरी हवलदार पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालयबाट एक जना जवान र जिल्ला प्रहरी कार्यालय दाङबाट १८ जना जवान पक्राउ परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक नबराज पोख्रेलले जानकारी दिनुभयो । सन्तोस जनक काम नगरेको,आदेश नमानेको,अनुसासनहीन काम गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको हो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *