बगरापुरका महिला : हातमा सिप, जीवनमा आत्मनिर्भर

दाङ, असार ५ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर गाउँको नयाँ परिचय थपिएको छ, त्यो हो थारु होमस्टे । गाउँमा होमस्टे बनेपछि हरेक दिन जसो नयाँ मान्छे गाउँ भित्रन थालेका छन् । होमस्टे गाउँमा पर्यटक भित्रन थालेपछि ती पर्यटकलाई लक्षित गरेर बगरापुरका महिलाहरु हस्तकलाका सामग्री बनाउन थालेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वर्गद्वारी चौधरी घर भित्रको काममा मात्रै सिमित थिइन । घर धन्दाले फुर्सद निकाल्न समेत मुस्किल पर्थ्यो । तर, अहिले घरायसी कामबाट बचेको खाली समय उद्यममा लगाउने सोचमा छिन् । ‘हाम्रो गाउँमा होमस्टे बनेको छ । यहाँ आउने पर्यटकका लागि बाँसको मुढा बनाउन थालेका छौँ’ उनले भनिन्, ‘दुई–चार रुपैयाँ चाहिएमा पनि श्रीमानको भर पर्नुपर्ने अवस्था थियो । अब त्यत्तिका लागि कसैको भर पर्नु पर्दैन ।’

तिर्थादेवी चौधरीको हातमा सीप छ । थारु संस्कृतिसँग जोडिएको ढकिया बनाउने सीप छ उनीसँग । अब त्यो सीपसँगै बाँसको मुढा बनाउने सीप पनि थपिएको छ । ‘हातमा सीप आयो । अब बाँसको मुढा बनाउने कामलाई व्यवसायको रुपमा गर्ने सोच छ’ उनले भनिन्, ‘अब पर्यटकलाई लक्षित गरेर हस्तकलाका सामग्री बनाउछौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जनउत्थान समाज विकास केन्द्र दाङको सहयोगमा २० दिने बाँसको मुढा बनाउने तालिम प्रदान गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर मुक्तकमै बस्तिका २५ जना महिलालाई तालिम प्रदान गरिएको हो ।

मुक्त कमैया–कमलहरी समूहका अध्यक्ष रञ्जु चौधरी अध्यक्षता तथा प्रदेशसभा सदस्य ईन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थारुले समाज विकासको लागि महिलालाई सीप युक्त बनाउन प्रदेश सरकारले ध्यान दिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘सीपयुक्त महिला, आत्मनिर्भरमा पहिला भन्ने निति तथा कार्यक्रम छ’ उनले भने, ‘महिलाले अधिकार प्राप्त नहुँदासम्म समाज अगाडि बढ्न सक्दैन । समाज विकासको लागि महिलाको विकास अनिवार्य छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *