गोरु संकलनको ट्राञ्जिट प्वाइन्ट स¥यो ,तस्करहरुलाई कारबाहीको माग

शिवु खनाल
देउखुरी, मंसिर । पछिल्लो सयम देउखुरीमा अवैध गोरुको तस्करमा बालबालिकाको प्रयोग हुने गरेको खुलेको छ । गोरु तस्करमा केहि राजनीतिक नेताहरुको पनि संलग्न रहेको पाइएको छ ।

Blog Post Ad


प्रतिगोरु ५ सयदेखि १ हजारसम्म रकम उपलब्ध गराउँदै बालबालिकाहरु गोरु तस्करमा प्रयोग गरिदै आएको रहस्य खुलेको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक प्रलोभनका लागि आफूहरुले गोरु जम्मा गर्ने काम गर्दै आइरहेको बालबालिकाहरुले जानकारी दिएका छन् ।

Blog Post Ad


‘गोरु कहाँ जान्छन् ? कसले लैजान्छन् ? हामीहरुलाई थाहा हुन्न । कुनै निश्चित स्थानमा जम्मा गरेपछि एउटा गोरुबाट ५ सयदेखि १ हजारका दरले हामीलाई पँैसा दिन्छन्’, गोरु तस्करीमा प्रयोग हुँदै आएका बालक भने । बालकका बाबु नसिबुन निसा जागा मसुलमानले आफ्ना छोराहरुलाई गोरु खरिदका लागि पठाउने गरेको स्विकार गनर््ुहुन्छ । ‘श्रीमान् हुनुहुन्न । बालबच्चा पाल्नका लागि गोरु खरिद बिक्री गर्ने काम गर्दै आएका छांै’, नसिबुनले भन्नुभयो । गोरु खेतीपातीका लागि प्रयोग लागि खरिद गर्ने गरेको उनीहरुले बताएका छन् ।’

कहाँ जान्छन् गोरु ?

पश्चिम नेपालका बाँके, बर्दिया र दाङका विभिन्न स्थानबाट गोरु संकलन गर्दै आएको र जसको ट्राञ्जिट प्वाइन्ट लमही नगरपालिकाको असानीलाई बनाएर रातमा गोरु पठाउने गरेको बुझिएको छ । पछिल्लो समय कृषिमा आधुनिकीरकण हुन थालेपछि गोरु सस्तो मूल्यमा पाउन थालेपछि गोरु तस्करले गोरु खरिद बिक्रीलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् । दिउँसोको समयमा गोरु जम्मा गर्ने र रातीको समयमा पूर्व झापा हुँदै सिक्किम, दार्जिलिङसम्म गोरु पुग्ने गरेको पाइएको छ ।

गोरु संकलन गर्ने केन्द्र पनि स¥यो
गोरु तस्करीको बारेमा बारम्बार समाचार प्रकाशन हुन थालेपछि तस्करहरुले गोरु संकलन केन्द्रलाई परिवर्तन गरेका छन् । मुख्य तस्करको निर्देशनमा देउखुरीको असानीमा जम्मा गरेका गोरुलाई त्यहाँ सारेर अजम्वरीको झाडीमा लुकाएर राखिएको छ । यसभन्दा पहिले गोरुको संख्या १ सयको हाराहारीमा भए पनि अहिले २५ देखि ३० वटा गोरु उक्त स्थानमा देखिन्छन् ।

त्यस्तै राप्ती गाउँपालिकाको भगवनापुरमा पनि गोठै बनाएर गोरु संकलन केन्द्र बनाइएको स्थानीयले जानकारी दिएका छन् । रातको समयमा ट्रकमा लोड गरेर पठाएका कारण गोरुको संख्या घटेको स्थानीयहरु बताउँछन् ।

तस्करहरुलाई कारबाहीको माग
हिन्दु जागरण नेपाल लमही नगर समितिले गोरु तस्करहरुमाथि कारबाहीको माग गरेको छ । संघका अध्यक्ष नेत्रराज सिंह ठकुरीको हस्ताक्षित विज्ञप्तिमा गोरु तस्करी बारे प्रहरी प्रशासनद्वारा अनिभिज्ञता प्रकट गर्नु अत्यन्तै उदेकलाग्दो, लज्जास्पद र गैर जिम्मेवार कुरा रहेको उल्लेख गरिएको छ । तस्करी प्रसंगमा अन्य कुरातिर अल्झाएर मुख्य तस्करहरु मुक्त बनाउने गरी मुख्य मुद्धा ओझेल पार्ने खेल बन्द गर्न विज्ञप्तिमार्फत् माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *