नमुना शिवालय निर्माणार्थ महायज्ञमा २१ लाख बढि संकलन


तुलसीपुर, २६ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवा ठुलाखालीमा लगाईएको महायज्ञमा २१ लाख बढी दान संकलन भएको छ । महायज्ञबाट २१ लाख १४ हजार ८ सय ८३ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिए । उनका अनुसार नगद १९ लाख ८६ हजार ९ सय १३ नगद र कलशबाट १ लाख २६ हजार ९सय ७० संकलन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महायज्ञमा सबैभन्दा बढी तुलसीपु्र–९ नयाँ वस्तीका धनबहादुर वलीले १ लाख ५० हजार १११, तुलसीपुर–४ रक्षाचौरका तिलकराम वली र चन्द्रा वलीले १ लाख ११ लाख १११, तुलसीपुर –७ गणेशपुरका १ लाख १ हजार १११, तुलसीपुर–४ मजुवाका नोखमाया खड्का र युगा विष्टले ५५ हजार ५५५, सोहि ठाँउकै मित्रलाल खड्का र हिरा खड्काले ५१ हजार १११ र अन्य दानदाताहरुले पनि सहयोग गरेका थिए । यस्तै तुलसीपुर–७ डाँडापातु निवासी योगकुमारी केसीले तीन लाख बराबरको मन्दीर निर्माण सामाग्री सहयोग गर्ने भएको मुल आयोजक समितिले जनाएको छ ।

मन्दिर निर्माणका लागी धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागी आर्थिक संकलणार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताए । ‘हामीले नेपालकै नमुना शिबालय निर्माणका लागि संचालन गरेको महायज्ञमा संकललित रकम लक्ष्य नजिक पुगेका छौँ, अब हामीले यो ठाँउलाई धर्मिक पर्यटकिय स्थल निर्माण गर्ने छौँ, आयव्यय केहिदिन भित्रै सार्वजनिक गर्नेछौँ ।
जेठ १८ गते देखी सुरु भएको महायज्ञको आइतबार एक कार्यक्रका बिच समापन गरीएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमिल्सीना रहेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिराट महायज्ञमा करिब २३ लाख दान संकलन
चितवनको देवघाटमा अष्ठधातु शिबमुर्ति निर्माण सहयोगार्थ तुलसीपुरमा जारी बिराटमहायज्ञमा आइतबार सम्म नगद र जिन्सी गरी करिब २३ लाख बढी दान संकलन भएको छ । महायज्ञमा शनिबारसम्म नगद, जग्गा, धातु गरेर करिब २३ लाख बराबरको दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष प्रमोद अधिकारीले बताए । महायज्ञमा आइतबार सात लाल सुन, पाँच लाल चाँदी र अन्य धातुहरु संकलन भएको छ ।

महायज्ञमा दैनिकरुपमा नगद भन्दापनि धातु दान गर्ने दातहरु बढ्दै गएको उनले बताए । उनका अनुसार आइतबारमात्रै १२ केजी धातु संकलन भएको छ । ‘महायज्ञमा सोमबार अष्ठमीअवसमा विषेश पुजा–अर्चना गरिने छ , सबैलाई आउन आग्रह गर्छु ’उनले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देवघाटमा निर्माण हुन थालेको शिबमुर्तिले पनि राष्ट्रको परिचय झल्काउने समेत बताए । देवघाट सबैको धरोहर भएको भन्दै महायज्ञबाट अपेक्षित रकम संकलन हुने विश्वास रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक ललितबहादुर वलीले बताए । अरनिको मैदानमा संचालन भइराखेको महायज्ञमा ३ करोड बेलपत्र, पुजाअर्चना, रुद्री, ग्रहशान्ति, चौराशिपुजा, व्रतवन्ध, लक्ष्यवर्तिका लगायतका काम हुने मुल आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *