धुम्रपान तथा मध्यपान नगर्ने जनप्रतिनीधि तथा कर्मचारीको प्रतिवद्धता


शान्तिनगर, १७ जेठ ।
दाङको शान्तिनगर गाँउपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले धुम्रपान तथा मध्यपान नगर्ने प्रतिवद्धता जनाएका छन् । गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगी , उपाध्यक्ष मिथिला शाह , प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसी लगायतका वडाका जनप्रतिनिधि र कर्मचारीले सरकार ल्याएको स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियानलाई सफल बनाउन धुम्रपान तथा मध्यपान नगर्ने सहित पाँच प्रतिवद्धता जनाएका हुन् ।

शान्तिगनगरमा भएको एक दिने स्वास्थ्य कार्यशाल गोष्ठीमा सहभागी जनप्रतिनीधिले आफु, आफ्नो परिवार र समाजलाई स्वस्थ बनाउन सकेमात्रै चाहेको समृद्धि प्राप्त गर्न सकिने भन्दै धुम्रपान तथा मध्यपान आफु पनि नगर्ने समाजमा पनि यसको नियमन गर्ने र स्वस्थ रहनका लागि आवश्यक पर्ने खानपान, खेलकुद लगायतका काम गर्ने प्रतिवद्धता जनाएका छन् । गोष्ठिमा गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगीले स्वस्थ नागरिक उत्पादनका लागि आवश्यक पर्ने मापदण्ड आफु, परिवार र समाजलाई लागु गराउने प्रतिवद्धता जनाउनुभयो ।

Blog Post Ad

गोष्ठीमा गाँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले व्यस्त जीवन शैली र तनावपुर्ण कामका कारण मानिसहरु रोगी बन्दै गएको बताउनुभयो । उहाँले मधुमेह तथा क्यान्सर जस्ता रोगबाट बच्न सकिने उपायका बारेमा जानकारी दिँदै सरकारले ल्याएको स्वास्थ्य पर्वद्धन मेरो वर्ष अभियानलाई सफल बनाउन गाँउपालिकाका जनप्रतिनीधि तथा कर्मचारीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा गाँउवपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसीले सरकारले समृद्धिका लागि स्वस्थ नागरिक उत्पादनमा लागेको बताउनु्भयो । उहाँले सरकारको अभियानलाई सफल बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *