नारायणपुर खानेपानीको १६ औ साधारणसभा, खानेपानी वितरणमा अब्बल

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, ८ जेठ । नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीले मंगलवार आफ्नो १६ औ साधारणसभा मनाएको छ ।
साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले जिल्लाका अन्य खानेपानी उपभोक्ता समितीको तुलनामा नारायणपुर खानेपानी अब्बल रहेको बताएका थिए । उनीहरुले पानी वितरण देखि धमाधम खानेपानीको योजना निर्माणको सवालमा उपभोक्ता समितीले उल्लेखनिय कार्य गरेको भन्दै प्रसंसा व्यक्त गरे ।


कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश ५का प्रमुख गुणनीधि पोखरेलले खानेपानीले गरेका गतिविधि निकै सफल र तारिफ योग्य रहेको बताए । उनले खानेपानी उपभोक्ता समितीले सरकारले निर्माण गरेका योजनाहरुको रेखदेख, संरक्षण र सहि व्यवस्थापनमा नारायणपुर खानेपानीले उल्लेखनिय कार्य गरेको बताए । प्रमुख पोखरेलले राम्रा काम गरेर सरकार र जनता दुवैको मन जित्न खानेपानीका पदाधिकारीहरुलाई आग्रह समेत गरे । साथै उनले बढ्दो शहरीकरण, जनसंख्याको चाँपलाई ध्यानमा राखेर खानेपानीको समुचित वितरण प्रणालीमा ध्यान दिन आग्रह गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यस्तै कार्यक्रममा घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष देविबहादुर डिसीले जिल्लाको सबै भन्दा ठुलो बजार, क्षेत्र र खानेपानीको उपभाक्ता घोराहीमा भए पनि नारायणपुरले निकै ठुला खानेपानीका योजनाहरु अहिले संचालन गरिरहेको बताए । उनले नारायणपुर खानेपानी उपभोक्ता समितीलाई आउदो ५० बर्ष पछि पनि पुग्ने सोच राखेर खानेपानीको योजना निर्माण गर्न आग्रह गरे ।
कार्यक्रममा तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष खेम ओलीले जनताको मन जितेर काम गर्नुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खानेपानी उपभोक्ता समितीको काम जनालाई सफा, शुद्ध खानेपानी समयमा पु¥याउनु भएको हुदाँ सोही अनुसारको काम गर्नुपर्ने बताए ।
नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनबीर कुमार दाहालले पनि नारायणपुर खानेपानीले पछिल्लो समयमा उपभोक्ताको मन जितेर काम गरिरहेको बताए । उनले अझै पनि सबै उपभोक्ताको घरघरमा सहज ढंगले खानेपानीका योजनालाई लैजान आग्रह गरे ।

नारायणपुर खानेपानी उपभोक्ता समितीका अध्यक्ष कुलप्रसाद रजौरेको अध्यक्षता सम्पन्न कार्यक्रममा समितीका महासचिव अशोक शर्मा पोखरेलले खानेपानी उपभोक्ता समितीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा अहिले उपभोक्ता समितीले ठुला तीन वटा खानेपानीको आयोजना संचालनमा रहेको जसमा सहलगानी आयोजना झारवैरा, क्रमागत आयोजना बरुवागाउँ, बहुबर्षे आयोजना मर्पाडाडा रहेको जानकारी गराए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै नारायणपुर खानेपानी अन्तरगत १३ सय ८४ धारा जडान भएको र विपन्न बस्तीहरुमा निशुल्क धारा जडानको व्यवस्था मिलाएको जानकारी गराए । साथै नारायणुर खानेपानीबाट वितरण हुने धाराको पानी पटक पटक खानेपानी तथा ढल निकास विभाग, खानेपानी गुणस्तर शाखामा ल्याप टेष्ट गर्दै आइरहको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महासचिव पोखरेलले खानेपानीको पहुँचबाट टाढा रहेका जनताहरुलाई मध्यनजर गर्दै खानेपानीको पाइप विस्तारमा जोड दिएको, पानीको मुहान संरक्षण र वातावरण स्वच्छताको लागि एक उपभोक्ता एक बृक्षारोपण नीति अगाडी सारेको पनि जानकारी गराए ।

खानेपानी उपभोक्ता समितीका कोषाध्यक्ष महश लम्सालले आयव्यय विवरण सार्वजनिक गरेका थिए । उनले चालु आर्थिक बर्षमा खानपानी उपभोक्ता समितीमा ३ करोड ३० लाख ६७ हजार रुपैया आम्दानी भएको र ३ करोड, २९ लाख ८८ हजार रुपैँया खर्च भएको जानकारी दिए ।
उपाध्यक्ष रेशमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव अशोक शर्मा पोखरेलले गरेका थिए । साधारणसभामा नियमित महसुल बुझाउने ४ जना उपभोक्तालाई सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *