भैरव थान गुफामा महोत्सव


तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ओम नरसिंह भैरवथान गुफामा महोत्सव लागेको छ । जेठको पहिलो मंगलवार पारेर महोत्सव र पुजाआजा गरिएको हो । विस १९२२ सालदेखि पुजा हुन थालेको गुफामा केही वर्ष यता फेरी पुजा गर्ने क्रमको सुरुवात भएको पनि अध्यक्ष लालवहादुर रानाले वताए । ‘हरेक वर्ष २ पटक यहाँ भव्य पुजा हुन्छ’ उनका अनुसार जेठको पहिलो मंगलवार र मंसिरको पहिलो मंगलवार पुजा हुने पनि जानकारी गराए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मगर र अन्य समुदायको गरेर दु्ई जना पुजारी रहने व्यवस्था गरिएको समेत उनले वताए । गुफामा त्यतिवेला पुजाका लागि प्रयोग हुने त्रिशुल, धुपौरो र पाला भेटिएको समेत उनले वताए ।  १ सय ५५ वर्ष अगाडि पत्ता लागेको गुफाका वारेमा पुरातात्विक अध्ययन गर्नुपर्ने आवश्यकता रहेको सचिव दिपक रानाले वताए । ‘यसका वारेमा हामीले विभिन्न निकायमा आग्रह गरेपनि कसैले सुनेन ’ उनले थपे ।
यसैविच जेठको पहिलो मंगलवार पारेर त्यहाँँ निर्माण भएको डमरुको उद्घाटन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरप्रमुख घनश्याम पाण्डेले त्यसको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा वोल्दै उनले पदमार्गको विकासका लागि सहयोग गर्ने वताए । उनले तत्काल गुफा भएको ठाउँसम्म मोटरवाटो भन्दा पनि पदमार्गीका लागि उपयोगी सडक निर्माण गर्नुपर्ने कुरामा जोड दिए । साना साना योजना वनाएर काम गर्नुभन्दा पनि पुरै गुरुयोजना निर्माण गरेर वृहत तवरले काम गर्नुपर्ने उनको भनाई थियो । ‘पानी र विद्युतको व्यवस्था हामीले तत्काल गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा वोल्दै वडाध्यक्ष विरवहादुर विकले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि वडाले आगामी आर्थिक वर्षमा वजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे । समितिका अध्यक्ष लालवहादुर पुनको अध्यक्षता भएको कार्यक्रममा पूर्व अध्यक्ष मोहनलाल रास्कोटी, श्रीकृष्ण आमा समुहकी उपाध्यक्ष रामकली पुन, नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष रामकुमार जिएम, पुजारी खुमवहादुर पुन लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण सचिव दिपक रानाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *