ढकिया बुनाई तालिम सुरुवात

Blog Post Ad Blog Post Ad Blog Post Ad

गढवा , जेठ । गढवा गाउँपालिकाले थारु महिलाहरुको सीप विकास र क्षमता प्रवर्धनका लागि बुधवारदेखि ढकिया बुनाई तालिम सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षका लागि स्विकृत कार्यक्रम अनुसार वडा नं. ६ ले बिनियोजन गरेको रु.१ लाख २ हजारको लागत संझौता बमोजिम गढवामा १५ दिने ढकिया बुनाई तालिम सुरुवात भएको हो ।


गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष वालचन्द्र हमालको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । पन्ध्र दिनसम्म संचालन हुने ढकिया बुनाइ तालिमको प्रशिक्षक दुर्गा चौधरी र मञ्जु चौधरी रहेका छन । उद्घाटन कार्यक्रमको संचालन कृष्णलता चौधरीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *