कृत्रिम जलाशय आम्दानीको आधार ः मुख्यमन्त्री पोख्रेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २ जेठ | प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वनाएका कृत्रिम जलाशय आम्दानी र संबृद्धीको आधार भएको बताउनुभएको छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भैरहेको रामपुर स्थित चेपे ड्यामको निरिक्षण गर्दै मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशयहरुलाई आम्दानीको स्रोत बनाईने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको ५०÷५० लाख रुपैयाँको लगानीमा घोराही १ र २ नम्बर वडाको सिमानामा निर्माण भैरहेको छ । जलाशयहरु स्थानियको सम्पत्ती भएको भन्दै त्यसलाई आम्दानीको स्रोत बनाउने गरी प्रयोगमा ल्याउन सुझाब दिनुभयो । सुख्खाग्रस्त क्षेत्रहरुलाई सिञ्चित गर्नुका साथै जलाशयलाई पर्यटकिय क्षेत्रकारुपमा विकास गरिने मुख्यमन्त्री पोख्रेलको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जलाशयबाट सिँचाई, डुंगामा सयर, माछापालन सँगै पर्यटकिय क्षेत्रकारुपमा विकास गरी आम्दानी बढाउने तर्फ ध्यान दिन स्थानियहरुलाई आग्रह गर्नुभयो । यसैविच मुख्यमन्त्री पोख्रेलले देश विकासको गतिमा अघि बढेको भन्दै नागरिकहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ । घोराही १७ ढिकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकारले ल्याएका कार्यक्रमहरुलाई सफल बनाएर विकासको उपभोग गर्न स्थानियहरुलाई सुझाब दिनुभयो ।

बजेटको अब अभाब नहुने भन्दै उहाँले स्थानियहरुको चासो र सकृयतामा विकास भरपर्ने उल्लेख गर्नुभयो । नेकपाका नगर अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश इन्चार्ज समेत रहनुभएको पोख्रेलले नेपाली कांग्रेस र राप्रपाका २१ जना कार्यकर्ताहरुलाई नेकपामा प्रबेश गराउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *