जनताले तिरेको करको चरम दुुरुपयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम./
तुलसीपुर ,२७ बैशाख/
दाङमा नियम विपरित राज्यको रकम दुुरुपयोग हुुने क्रम बढ्दै गएको छ । विभिन्न विकासे योजनाका लागि पेश्की रकम लिने तर काम नगर्ने अनि रकम पनि फिर्ता नगर्ने प्रवृति बढ्दै जाँदा जनताले तिरेको करोडौँ रकमको चरम दुुरुपयोग भएको छ ।

जिल्ला समन्वय समितिका अनुुसार जिल्लाका करिब १ सय १४ विभिन्न साविकका स्थानिय निकाय देखि व्यक्ति र संघसंस्थाले करोडौँको पेश्की रकम गायब पारेका छन् । उनिहरुले गायब पारेको रकम कहाँ खर्च भयो, के कामका लागि लगेको हो कुुनै तथ्याङ्क नहुुँदा राज्यलाई करोडौँको घाटा भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा राज्यको पुुर्नसंरचना नहुुँदै देखिको हालसम्म करिब ११ करोड रकम बेरुजुु देखिएको छ । नीति नियम बिपरित विभिन्न व्यक्ति तथा संघसंस्थाले पेश्की रकम १० करोड ५५ लाख १२ हजार रकम गायब पारेको जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले जानकारी दिए । कानुुन विपरित ३० रुपैँया देखि ७५ लाख सम्म पेश्की लिएर गायब पारेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाका १ सय १४ विभिन्न व्यक्ति तथा तत्कालीन स्थानिय निकाय र विभिन्न संघसंस्थाले पेश्कीको नाममा राज्यको करिब ११ करोड गायब पारेका छन्, रकम असुुल्नका लागि सुुचना पनि प्रकाशित गरिसेकेका छौँ, फच्र्योट हुुने कुुनै संकेत छैन् – जिल्ला समन्वय अधिकारी गौतमले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राज्यको पुुर्नसंरचना नहुुँदैको कुुरा हो, अब ति कार्यालय पनि छैनन् , कतिपय त मानिसहरु पनि छैनन्–जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले बताए । खै सुुचना त निकालेका छौँ, विकासका लागि लगेको पेश्की रकम फिर्ता गर्नुुपर्ने हुुन्छ–उनले भने । सुुचना निकालेको ३५ दिनभित्र पनि फच्र्यौटका लागि नआए कार्बाही प्रक्रिया शुुरु हुुने उनको भनाई छ ।

पेश्की रकम गायब पार्नेमा सबैभन्दा बढी साबिकको बेला गाविस रहेको छ । बेला गाविसले पेश्की वाफतको ७४ लाख ८ हजार रुपैँया गायब पारेको छ भने तत्कालिन सोनपुुर गाविसको नाममा ३० रुपैँया बेरुजुु देखिएको छ । त्यस्तै तत्कालीन रामपुुर गाविसले ५४ लाख १० हजार २ सय ६४ रुपैँया, तत्कालिन धर्ना गाविसले ३० लाख २३ हजार सात सय रुपैँया पेश्की स्वरुप लगेको रकम फिर्ता भएको छैन् । त्यस्तै तत्कालीन तुुलसीपुुर नगरपालिकाले पेश्की स्वरुप लिएको २२ लाख पाँच हजार आठ सय रुपैँया गायब पारेको छ । त्यस्तै साविकको घोराही नगरपालिकाले १७ लाख ८८ हजार ३ सय ७० रुपैँया पेश्की रकम गायब पारेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा पेश्की बाहेक करिब ५५ करोड बेरुजू देखिएको समन्वय अधिकारी गौतमले बताए । कसको कति ? एकिन तथ्याङ्क त छैन् तर पेश्की भन्दा अरु रकम पनि बेरुजुुमा देखिएको छ उनले भने ।

पेश्की बेरुजुु र अन्य गरेर करिब ६६ करोड रकम चरम दुुरुपयोग भएको छ । करोडौको रकम कसले र किन दियो भन्ने एकिन तथ्याङ्क नहुुँदा जनताले तिरको करोडौँको रकम चरम दुुरुपयोग भएको छ । पेश्की रकम बेरुजुुको नामवाली भएपनि अरु रकमको त झन नामावली समेत छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तत्कालीन जिल्ला विकास समितिको स्थापनाकालदेखि आर्थिक वर्ष २०७४÷२०७५ सम्ममा तत्कालीन गाविस, नगरपालिका, व्यक्ति तथा संघ संस्थाले राज्यको ठुुलो रकम दुुरुपयोग गरेका हुन् ।

राज्यको रकम वर्षेनी यसरी दुुरुपयोग हुुँदा पनि सम्बन्धित निकाय कहाँ छ भन्ने प्रश्न उब्जिएको छ– घोराहीका बिपिन कार्कीले भने । हामीले तिरको करको यसरी दुुरुपयोग हुुन नदिन जनप्रतिनिधले भुुमिका खेल्नुुपर्छ , यो रकमको खर्च भएको सबै विवरण हामीलाई चाहीन्छ उनले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कानुुनको पालना नगरी पेश्की रकम वितरण हुुँदा नागरिकले तिरेको कर बालुुवामा पानी भएको छ । विभिन्न कार्यालयका कर्मचारी तथा समाजका प्रतिष्ठीत व्यक्तिले राज्यको करोडौँ रकम गायब बनाउँदा पनि नियमन गर्ने निकाय मौन देखिएको छ । जनताले तिरेको करको यसरी दुुरुपयोग हुुँदा पनि सम्बन्धित निकायले केहि गर्न सकेको छैन् ।।

कसले कति गायब पारे ? प्रमुख नाम तथा रकम
१ बेला गाविस–७४,०८,०००
२.रामपुुर गाविस–५४,१०,२६४
३.धर्ना गाविस–३०,२३,७००
४.तुुलसीपुुर नगरपालिका–२२,०५,८००
५.घोराही नगरपालिका–१७,८८,३७०
६. नेपाल विद्युुत प्राधिकरण–५१,०७,१४७
७.महेन्द्र बहुुमुुखि क्याम्पस–१३,४५,७३६
८.अपांग मानव अधिकार एवं सरोकार मञ्च–३,५१,६००
९.रबि निर्माण सेवा नारायणपुुर–१,३५,०००
१०.जिल्ला शिक्षा कार्यालय–१,०५,०००
११.दलित उपभोक्ता समिति–२,७५,६००
१२.जीवन निर्माण सेवा–२,९६,९७०
१३.दाङ जिल्ला उद्योग वाणिज्य संघ–१,२२,०००
१४.बाल जनता उच्च मावि–१,००,०००
१५.तुुलसीपुुर उद्योग वाणिज्य संघ–१,००,०००
१६. मालपोत कार्यालय–१,२५,०००
१७. जिल्ला प्रशासन कार्यालय –१,४६,०००
१८. दाङ जिल्ला खेलकुुद विकास समिति –१,९१,०००
१९.जीबराज केसी–३,२३,०००
२०.खानेपानी तथा सरसफाई डिभिजन कार्यालय–४,५००००
२१.नेपाल पत्रकार महासंघ –२,३६,०००
२२.संजिव निर्माण सेवा –५,००,०००
२३.गीता कन्ट्रक्सन–४,००,०००
२४.स्थानिय विकास कोष–३,५१,६००
२५.विपीमार्ग रामपुुर हाँसीपुुर–१,९०,०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *