दलितहरु आफै योजना बनाउँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, वैशाख २१ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ का दलितहरुले योजना निर्माण गरेका छन् । वडाका विभिन्न बस्तीबाट नेतृत्व विकास सम्बन्धी तालिममा सहभागी भएका उनीहरुले आगामी वर्षका लागि योजना समेत निर्माण गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा कार्यालय र वडा अध्यक्षले आगामी वर्षका लागि दलित योजनाहरु आफैले बनाउन आग्रह गरेपछि तीन दिने तालिमको अन्तिम दिन शनिबार उनीहरुले वडा नं. ३ को पदमपुर, हेकुली र चितानपुरका विभिन्न टोलहरुमा आबस्यक पर्ने योजनाहरु निर्माण गरेका हुन् । उनीहरुले भौतिक पुर्वाधार तर्फ सडक निर्माण तथा स्तरोन्नती, सिंचाईका लागि डिप बोरिङ, विद्यालयमा दलित विद्यार्थीहरुको लागि छात्रबृत्ति माग गरेका छन् । सीपमुलक कार्यक्रम अन्र्तगत उनीहरुले महिलाहरुको लागि सिलाई कटाई तालिम, बुटिक तालिमहरु माग गरेका छन् भने युवाहरुको लागि मोबाईल, मोटरसाईकल मर्मत तालिमको साथै कृषि सम्बन्धी तालिमहरु माग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दलितहरुले माग गरेका योजनाहरु मध्यबाट छनौट गरी आगामी आर्थिक वर्षका लागि रातो किताबमा समावेश गरिने गाउँपालिकाको कार्यपालिका सदस्य दिलकुमारी विकले बताउनुभयो । अब दलितहरुले आफ्नो योजनाहरु आफैले छान्ने अबसर पाएको उहाँको भनाई थियो । अन्य वडाहरुमा पनि दलितहरुले आफ्नो बस्तीका योजनाहरु आफै छान्ने बाताबरण बनाईएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दलित अधिकार तथा सञ्चार अभियान नेपालकोे आयोजना र वडा नं. ३ को आर्थिक सहयोगमा भएको दलित समुदायको नेतृत्व विकास तालिममा समग्र दलितको अबस्था र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दलित अधिकारकर्मी निर्मल नेपाली, पत्रकार नवीन अभिलाषी, प्रशिक्षक ऋतु सिंह सेन्चुरीले तीन दिनसम्म प्रशिक्षण दिनु भएको थियो । तालिम समापन कार्यक्रममा सहभागी ईमबहादुर विश्वकर्मा र पुष्पा परियारले तालिमबाट आफ्नो समुदायको बारेमा धेरै कुराहरु जानकारी प्राप्त गरेको बताउनुभयो ।

वडा सदस्य तथा गाउँपालिकाको कार्यपालिका सदस्य सुकलाल चौधरीले दलित समुदायको नेतृत्व विकासका लागि बस्ती स्तरबाटै कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *