मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ आज विहीवारदेखी सुरु भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको हो ।
महायज्ञको उद्घाटन गर्दै देवकोटाले वैदिक सनातन धर्मलाई विज्ञानसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले महायज्ञले विभिन्न सामाजिक क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाई थियो । सनातन हिन्दु धर्मका बारे पनि महायज्ञले भक्तजनहरुलाई जानकार बनाउने काम गरेको उहाँको भनाई थियो । विद्यालयमा प्राविधीक शिक्षा आवश्यक रहेको भन्दै यसकालागि सरकारले सबै विद्यालयमा प्राविधीक शिक्षा सुरु गर्न नसकेको अवश्थामा विद्यालयको सक्रियतामा प्राविधीक शिक्षा सञ्चालन गर्न सफल भएको बताउनुभयो । साथै मावि रतनपुरमा प्राविधीक शिक्षा सञ्चालनकालागि पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रमका विशिष्ठ अतिथि अमरबहादुर डाँगीले दाङमा सञ्चालन भएका हरेक महायज्ञ सफल भएको भन्दै महायज्ञले करडौँको विकास गरेको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताले सनातन धर्मलाई भुल्दै गएकाले यसको संरक्षणकालागि युवा पुस्ता लाग्न अनुरोध गर्नुभयो ।
महायज्ञ आयोजक मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्य र प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा दाता विष्णुप्रसाद दाहाल, अक्षयकोषका संस्थापक धुव्रराज गौतम, संस्थापक शिक्षक नारायण पोख्रेल, संस्थापक पूर्व विद्यार्थी निर्मल न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष नक्षेत्र बि.क, पूर्व प्रधानाध्यापक घनश्याम अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक बिरबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आर.के.शीतल र राजेन्द्र दाहालले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले १५ हजार १५ रुपैया दान गर्नुभएको थियो ।
महायज्ञको उद्घाटनपूर्व शोभा कलश यात्रा निकालिएको थियो । महायज्ञ स्थलबाट सुरु भई रतनपुर, बिजौरी, टिकरी, हिलेखर्क हुदै पुनः महायज्ञ स्थलमा प्रवेश गरेको थियो । कलश यात्रामा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुहुने विद्यालयका प्रधानाध्यापक विरबहादुर रावतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु सञ्चालन हुने भएका छन् । दैनिक विहान साढे ६ बजेदेखी साढे ७ बजेसम्म नित्य पूजा, साढे ७ बजेदेखी विहान ११ बजेसम्म पाठपारायण, साढे ११ बजेदेखी संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा दाता सम्मान कार्यक्रम र बेलुका साढे ४ बजेदेखी आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण र बेलुका ८ बजेदेखी झाँकी पर्दशनी लगायतका कार्यक्रम हुने छ ।
यस्तै दैनिक १ हजार १ सय ११ शालिग्राम पूजा, धनधान्याञ्चल, संगीतमय श्रीमदेभागवत कथा प्रवचन, कलशयात्रा, तुलादान, चौरासीपूजा, सामुहिक व्रतबन्ध, ग्रहशान्ति, लाखबत्ति बाल्ने र राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन कार्यक्रमहरु हुनेछन् ।
महायज्ञमा दान गर्ने दाताहरुलाई दान अनुसारको सम्मा गर्ने आयोजक मूल समितिले जानकारी दिएको छ ।
पहिलो दिन साढे १० लाख संकलन
महायज्ञको पहिलो दिन साढे १० लाख दान संकलन भएको छ । उद्घाटन दिन घोराही १० का दाहाल परिवारले १० लाख ५० हजार मुल्य बराबरको जग्गा दान गरेको छ ।
बुवा तिलकराम दाहाल, आमा नीमादेवी दाहाल, माहिला छोेरा चेतनाथ दाहाल, नाती सन्तोष दाहालको स्मृतिमा घोराही १० का मित्रलाल दाहाल, श्रीमति गायत्रा दाहाल, स्वर्गीय चेतनाथ दाहालको श्रीमति सीतादेवी दाहाल, टंकेश्वर दाहाल, श्रीमति गोमादेवी दाहाल, विष्णुप्रसाद दाहाल, श्रीमति शारदा दाहाल एवं दाहाल परिवारले १० लाख ५० हजार मुल्य बराबरको घोराही १२ मा रहेको ३ कठ्ठा १० धुर जग्गा दान गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *