पाण्डवेश्वरमा तीन दिने शिवरात्री मेला सुरु


रीता लामा
घोराही, २० फागुन । पाण्डवेश्वर मन्दिरमा सोमवार देखि शिवरात्री मेला सुरु भएको छ । शिवरात्रीको अवसरमा उक्त स्थानमा मेला लागेको हो । सोमवार देखि सुरु भएको मेला बुधवारसम्म तीन दिन चल्ने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


विगत करिव एक सताब्दी देखि त्यहाँ शिवको जन्मदिन अर्थात शिवरात्रीको अवसरमा ठुलो मेला लाग्ने, पुजापाठ गर्ने र भजनकृतन गर्ने गरिन्छ । पहिलेको तुलनामा पछिल्लो केही बर्ष यता मन्दिरमा तिव्र पुर्वाधार विकास र पुजाआजा व्यवस्थित हुदै गए पछि भक्तजनको घुइचो ह्वात्तै बढ्न थालेको छ । मन्दिरमा जिल्ला भित्रका पर्यटक मात्रै नभई जिल्ला बाहिर र भारतबाट पनि प्रसस्त पर्यटक मेला अवलोकनको लागि आएका थिए ।


विशेष गरि शिवका भक्तहरु पुजा गर्नको लागि मन्दिरमा पुग्ने गरेको छन भने स्कुले बालबालिका, युवायुवतीहरु पनि घुम्न र रमाइलो गर्न मन्दिरमा लाग्न मेला हेर्न आइपुगको पाइयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेश अधिकारीका अनुसार मन्दिरमा सोमवार शिवरात्रीको दिन मात्रै करिव २ लाख भक्तजनले अवलोकन गरेको प्रहरीले समितीलाई तथ्याङक दिएको छ । ‘पहिलेको तुलनामा अत्यधिक भिड भयो विहान तीन बजे देखि पुजाको लाइन सुरु भएको साझ ४ बजे मात्रै सकियो ।’ समितीका अध्यक्ष अधिकारीले भन्नुभयो ‘मेलाको समयमा अहिलेसम्म यति धेरै दर्शक आएकै थिएनन ।’


उहाँले मन्दिरमा मेलाको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयबाट १५० जना, स्यालुट गोरर्खा ट्रेनिङ सेन्टरबाट ५० र पद्मोदय माविका ५० जना विद्यार्थी एवम व्यवस्थापन समितीका सबै सदस्यहरु सुरक्षामा खटिएको उनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन दिनको लागि भने धारापानी मन्दिर परिषरमा व्यापारिक प्रयोजनको लागि १०० स्टल पनि राखिएको थियो । यस्तै धारापानीमा यस बर्ष गाँजा, भाङ, धतुरो, जाड, रक्सी सबै निषेध गरिएको थियो ।


मन्दिर व्यवस्थापन समितीले मन्दिरमा भक्तजनले कति पैसा चढाए भन्ने बारेमा भने जानकारी दिएको छै । सोमवार ढिलासम्म भक्तजन आएको हुदाँ पैसा गन्न नसकेको व्यवस्थापन समितीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *