ट्याक्सी कर्मचारीमाथि तरवार प्रहार

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, फागुन  । तुलसीपुरमा दिन दहाडै एक युवामाथि अपरिचित समूहले तरवार प्रहार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी २४ बर्षीय गणेश हमालमाथि शुक्रवार दिउँसो ३ बजेतिर तरवार प्रहार भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तरवार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ट्याक्सी समितिका कर्मचारीसमेत रहेका हमालमाथि तुलसीपुर सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार÷पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरवार र खुकुरी प्रहार गरेका थिए । उनीहरु सबैले मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण गर्दा उनीहरु पैदल हिडेरै आएको र त्यसपछि भागेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *