फालिएको खाना बङ्गुरको दाना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिवाकर पोख्रेल

देउखुरी, फागुन  । होटलहरुमा फालिएको खानालाई बङगुर व्यवसायीले दानाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । यसबाट होटल व्यवसायी र बङगुर ब्यवसायीलाई पनि फाइदा पुगेको छ । जसले गर्दा होटलमा खेरजाने फोहोर बस्तुलाई किनारा लगाउन सहज भएको छ भने बङ्गुर व्यवसायी लाई पनि दाना खरिद गर्नुपर्ने रकम बचत भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्ठी निवासी हेमलाल सार्कीले भालुवाङ बजार, सशस्त्र प्रहरी क्याम्पबाट मात्रै दैनिक पाँच क्विन्टल फालिएको खाना दानाको लागि संकलन गर्दै आउनु भएको छ । १० बर्षदेखि बङ्गुर पालन व्यवसाय सञ्चालन गर्नुभएका सार्कीले विभिन्न जातका गरि ६५ वटा बङ्गुर पाल्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिदेश गएर राम्रो कमाइ नभएपछि बङगुर पालनमा लाग्नु भएका सार्कीको बङ्गुर फर्ममा अवलोकन गर्न विभिन्न स्थानबाट व्यसायीहरु आउने गरेका छन् । आफ्नो तीनपुस्ता सम्मको परिवारको नाममा कुनैपनि जग्गा नभएको बताउने सार्कीले बङ्गरपालनबाट चारकोठाको पक्की घर बनाउनु भएको छ, छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु भएको छ । ‘हाम्रो तीनपुस्ताको नाममा जग्गा छैन, ऋण लिएर व्यवसाय शुरु गर्दै जाँदा यो अवस्था सम्म आउन सकेँ’ सार्कीले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजारको होटलबाट दाना ल्याउँदा दानाको लागि खर्च गर्नुपर्ने रकम बचत भएको उहाँले बताउनुभयो । बार्षिक १२ लाख भन्दा बढीको कारोबार गरेको बताउने सार्कीले अहिलेसम्म खोर सुधारको लागि २० हजार, समूह मार्फत दुई लाख, फ्रेस हाउस व्यवस्थापनको लागि ५० हजार र यसबर्ष प्रदेश सरकारबाट कृषि अनुदान कोष मार्फत १० लाख रुपैयाँ अनुदान पाउनु भएको छ । यसबर्ष पाएको अनुदानबाट आधुनिक खोर बनाउने र व्यवसायलाई वृद्धि गर्ने योजना उहाँको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै लमही नगरपालिका वडानम्बर ६ का मनीराम थापाले पनि ३० वटा बङ्गुर पाल्नु भएको छ । दुइवटाबाट शुरु गर्नुभएका उहाँले बङ्गुरका पाठापाठी बिक्री गरेर मात्रै बार्षिक छ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले पनि लमही बजार र नेपाली सेना, सशस्त्र प्रहरी क्याम्पको फालिएको खानालाई बङ्गुरको दानाको रुपमा प्रयोग गर्दै आउनु भएको हो ।

लमहीका २५ वटा होटलबाट मात्रै दैनिक चार क्विन्टल दाना संकलन गर्ने गरेको उहाँले बताउनुभयो । प्रर्ति पाठा चारहजारमा बिक्री हुने बङगुर व्यवसायबाट आफु सन्तुष्ट रहेको उहाँले बताउनुभयो । बजारमा संकलन गरेको दानाबाट ५० प्रतिसत दानामा खर्च गर्नुपर्ने रकम बचत हुने गरेको व्यवसायी थापाले जानकारी दिनुभयो । उहाँले पनि नेपाल सरकारबाट गोठ सुधारको लागि ५० हजार अनुदान पाउनु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *