महायज्ञ उद्घाटन गर्न सभामुख आउदै


दाङ, ४ फागुन । संघिय संसदका सभामुख कृष्णबहादुर महरा फाल्गुन ११ दाङ आउने भएका छन् । दाङकै पर्यटकिय तथा धार्मिक स्थल धारापानीमा आयोजना हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्न सभामुख दाङ आउने भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


महायज्ञ आयोज मुल समितिले दिएको जानकारी अनुसार फागुन ११ गते विहान १० वजे कर्मचारी मिलन केन्द्रवाट सुरुहुने शोभायात्रामा सभामुख पनि सहभागीहुने कार्यक्रम तय भएको छ । मिलन केन्द्रबाट सुरुहुने शोभायात्राले बजार परिकर्मागरी यातायातका साधनवाट बबईसम्म पुग्ने भएको छ । बबई नदीमा पुगेर विभिन्न झाँकी सहितको शोभायात्रा पैदल महायज्ञ स्थल धारापानी सम्म पुग्ने कार्यक्रम तय भएको शोभायात्रा उप समितिका संयोजक धु्रबकुमार श्रेष्ठले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शोभायात्रामा सहभागीहुन महायज्ञ मुल आयोजक समितिले पत्राचार गरीसकेको छ । यदी पत्र नपुगेको भए समाचारलाई नै आधारमानी सहभागीहुन श्रेष्ठले आग्रह गरेका छन् । त्यसैगरी धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विश्वमा नै चिनाउने महान उद्देश्यमा सरीकहुन पनि महायज्ञ मुल आयोजक समितिले सवैमा आग्रह समेत गरेको छ ।


महायज्ञ आयोजक मुल समितिको शुक्रवार वसेको वैठकले विभिन्न उपसमितिहरुसंग सुझावहरु समेत संकलन गरेको छ । अहिले महायज्ञलाग्ने मन्दीर परीसरमा मण्डपहरु निर्माण भैरहेको महायज्ञ मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिए । त्यस्तै मन्दिर परीसरमा सरसफाईको कामहरु समेत भैरहेको उनले बताए । महासचिव आचार्यका अनुसार मन्दीरमा आउने भक्तजन तथा टाढावाट आउने पर्यटकहरुलाई खानाको समेत प्रवन्ध मिलाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै महायज्ञ अवधिभर मन्दीर परीसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीवाट सुरक्षाको प्रवन्ध मिलाईएको सुरक्षा उपसमितिका संयोजक संजय आचार्यले जानकारी दिए ।

त्यसैगरी महायज्ञ अवधिभर घोराहीदेखी धारापानी मन्दीरसम्म सञ्चालनमा आउने सवारीसाधनहरुलाई सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत सहयोग गर्ने भएको आचार्यले जानकारी दिए । अहिले महायज्ञको प्रचारप्रसार गर्ने कामलाई तिव्र पारीएको उपसमितिका संयोजक धनपति शर्माले जानकारी दिए । जिल्लाका सवै पालीकाका बजार तथा गाँउगाँउमा प्रचारप्रसार कार्य जारी रहेको शर्माले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

धारापानी मन्दीलाई विश्वमा परीचित गराई नेपालकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकाश गर्न अहिले मन्दिर व्यवस्थापन समिति लागिपरेको छ । महायज्ञमा ५ लाख भक्तजन तथा पर्यटकलाई अवलोकन गराउने आयोजक समितिको लक्ष्य रहेको छ । तथापि महायज्ञवाट संकलनहुने दानवाट गौशाला तथा बेद विद्यालय निर्माण गर्ने योजना मन्दिर व्यवस्थापन समितिले लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *