घोराही, २ फागुन । लखन दिवसका अबसरमा आजदेखि घोराहीमा सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको पहिलो खेलमा हापुर युथ क्लबले २—१ गोल अन्तरले बिजयी भएको छ । उद्घानटन खेलमा बबई मगर एकता क्लबलाई २—१ गोल अन्तरले युथ क्लबले बिजयी सुरुवात गरेको हो ।
निकै प्रतिष्पर्धात्मक रहेको खेलको २४ औँ मिनेटमा हापुर युथ क्लबका ईश्वर रोकाले गोल गरेर अग्रता बनाएका थिए भने ३१ औँ मिनेटमा गेदलाल रोकाले गोल गरेर जितका लागि अग्रता गराएका थिए ।
यस्तै बबई मगर एकता क्लबका तर्फबाट दोस्रो हाफमा ३१ मिनेटमा किरण खत्रीले सान्त्वना गोल गरे पनि जित भने गराउन सकेनन् । प्रतियोगिताको दोस्रो दिन भोली बिहान ८ बजे तुलसीपुरको एसएसएफए र पद्मोदय र दिउसो २ बजे मेघा युबा क्लब पहेलो र संगठित युबा क्लबबीच हुने जनाइएको छ ।