जीपको ठक्करबाट घाइते दुई जनाको उपचारको क्रममा मृत्‍यु


दाङ, ११ साउन । दाङमा जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा पिपरीकै ४८ वर्षका राजकुमार चौधरी र ८ वर्षिय निशान चोधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीपको ठक्करबाट गम्भिर घाइते राजकुमारको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा र निशानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । जीपको ठक्करबाट घाइते तीन जनाको बुटवलमा उपचार भइरहेको छ । घाईते हुनेहरुमा सोहि ठाँउकै ७ वर्षिय सृष्टि गुरुङ, २२ वर्षिय गौरी चौधरी, २ वर्षिय लक्ष्मी चौधरी रहेका छन् ।

बा २० च ५७४४ नम्बरको जीपले पाँच जनालाई ठक्कर शनिबार राती ठक्कर दिएको हो । चौधरी समुदायले गुरही पर्व मनाएर घर फर्कने क्रममा ठुलो संख्यामा रहेका उनिहरुले सडक बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्र गतिमा रहेको जिप अनियन्त्रित हुँदा उनिहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *