नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं- नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमितको मृतकको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कोरोना संक्रमणका कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैंगलोर गएका थिए। अन्तिम संस्कारपछि उनी असार २४ गते नेपाल फर्किएर पर्रोहा नगरपालिकामा क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी असार असार २९ गते नारायणी अस्पतालमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आईसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२९ गते नै स्वाब संकलन गरिएपनि उनको बुधबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *